८ वैशाख २०८१ शनिबार
समाज

दलित महिला हत्याको आरोपमा सर्लाहीमा तीन युवक पक्राउ

दलित महिलाको हत्या गरेको आरोपमा सर्लाही प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। सर्लाहीको बरहथवा नगरपालिका १० कटानी टोलकी ३२ वर्षीय दलित महिलालाई गत पुस २३ मा उखुबारीमा हत्या गरेको आरोपमा सर्लाही प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो।

बरहथवा १० का रामसुरत महराकी ३२ वर्षीय श्रीमती सावित्री कुमारी महरा गत पुस १७ देखि हराइरहेको मौखिक सूचनाको आधारमा खोजी गर्दै जाँदा प्रहरीले पुस २३ मा बरहथवा १० स्थिल राम छबिला साहको उखुखेतभित्र आधा शरीर जलेको अवस्थामा प्रहरीले लास फेला परेको थियो। कर्तव्य ज्यान गरी मारी जलाएको विषयमा अनुसन्धान गर्दै जाँदा प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा तीन जनालाई नियन्त्रण लिएको हो।

दलित महिला हत्याको अभियोगमा पक्राउ पर्नेमा हरिवन नगरपालिका १० ताइवान टोलका २३ सन्तोष साह, सोही ठाउँका २७ वर्षीय मुकेश व्लोन र २२ वर्षीय रोहित हजार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

दलित महिला हत्याका मुख्य अभियुक्त सन्तोष साह बनिया रहेको प्रहरीको दाबी छ। हत्या गरिएकी दलित महिलासित मुख्य अभियुक्त साहको पहिलेदेखि नै चिनजान रहेको र महिलासित जमिन किन्नको लागि दुई लाख रुपैयाँ पहिले नै लिइसकेको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ।

मृतक महिलाका श्रीमान विदेशमा रहेको र मृतक महिलासित साहको जमिन किन्न दुई लाख रुपैयाँ लिएको विषयमा मृतकका श्रीमानलाई पनि जानकारी रहेको प्रहरीको भनाइ छ। मुख्य अभियुक्त साहले योजना बनाएर महिलालाई घरबाट लिएर गएको र दुई जनालाई पैसाको लोभ देखाएर योजना बनाई तिनै जनाले मिलेर हत्या गरेको सर्लाही प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले अभियुक्त तिनै जनालाई सर्लाही जिल्ला अदालतमा पेश गरिएको र अनुसन्धानको लागि सात दिनको म्याद थप भएको छ। घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १ माघ २०७८ १३:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App