६ वैशाख २०८१ बिहीबार
समाज

ब्राउन सुगरसहित चार जना पक्राउ

लागु औषध ब्राउन सुगरसहितचार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले चारै जनाको साथबाटजम्मा १२ दशमलव ३ ग्रामलागु औषधब्राउन सुगर फेलापारेको हो। भारतबाट लागु औषध लिएर नेपालतर्फ आउँदै गरेको अवस्थामा बढैया ताल गाउँपालिका स्थित प्रहरीले नियन्त्रणमा लिएको छ। 

गत बुधबार र बिहीबार दुई दिनमाप्रहरीले चार जनालाई नियन्त्रणमा लिन सफल भएको छ।  बुधबार बढैया ताल गाउँपालिका–२ स्थितबाट बाँके खजुरा गाउँपालिका–२ का ३३ वर्षिय दिवश भण्डारी र वडा नम्बर ५ का २१ वर्षिय बिशाल परियारलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले दुवै जनाको साथबाट १ ग्राम ४ सय मिलिग्राम लागु औषध ब्राउन सुगर र २ थान मोबाइल बरामद गरेको छ। त्यसैगरी बिहीबार बढैया ताल गाउँपालिका–७ स्थितबाट जिल्ला दैलेख गँरास गाउँपालिका–३ का ३० वर्षिय तुलाराम शर्मा लागु औषधसहित पक्राउ परेका छन्। 

प्रहरीले शर्माको साथबाट ७ग्राम ४ सय ४० मिली ग्राम लागु औषध, मोबाईल र मोटरसाईकल बरामद गरेको छ। त्यसैगरी बढैया ताल गाउँपालिका–८ स्थितबाट गुलरिया नगरपालिका–४ का २० वर्षिय बिपन सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले सुनारको साथबाट ३ ग्राम ४ सय ६० मिली ग्राम लागुऔषध, मोटरसाईकल र मोबाईल फेला पारेको छ। प्रहरीले नियन्त्रणमा लिई लागु औषध मुद्दामा अनुसन्धान भईरहेको एसपी ईश्वर कार्कीले जानकारी दिए।

प्रकाशित: ३० पुस २०७८ १०:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App