coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चिनियाँ राजदूतावासले भन्योः नेपालसँग कुनै सीमा विवाद छैन

काठमाडौंस्थित चिनियाँ राजदूतावासका प्रवक्ता वाङ सियाओलोङले नेपाल र चीनबीच कुनै किसिमको सीमा विवाद नरहेको बताएका छन्। 

बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रवक्ता वाङ सियाओलोङले दुई देशबीच सीमा विवाद नरहेको दाबी गरेका हुन्। चीन र नेपालबीच मित्रवत छलफलका माध्यमबाट सन् १९६० मै सीमा विवाद हल गरिसकेको उल्लेख गरेका छन्। 

प्रवक्ता सियाओलोङले नेपाल सरकारले स्थलगत अनुसन्धान टोली पठाएर काम गरिरसकेको र नेपालको परराष्ट्र मन्त्रालयले पनि दुई मुलुकबीचको सीमा विवाद नरहेकोबारे प्रष्ट पारिसकेको विज्ञप्तिमा उल्लेख गरेका छन्। प्रवक्ता सियाओलोङले दुवै मुलुकका आधिकारिक निकायका व्यक्तिहरु सीमा सम्बन्धित विषयमा सम्पर्क रहेको पनि बताएका छन्। 

‘दुबै मुलुकका विदेश मन्त्रालयका अधिकारीले सीमासम्बन्धी विषयमा राम्रोसँग कुराकानी गर्दै आएका छन्’, दूतावासका प्रवक्ताले भनेका छन्, ‘कोही पनि नेपाली नागरिक गलत समाचारबाट भ्रमित हुनु हुँदैन।’

प्रवक्ता सियाओलोङले चीनले नेपालसँग समानता, पारस्परिक लाभको आधारमा द्विपक्षीय मैत्री सम्बन्ध विकास गर्दै एक–अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिमा अडिग रहेको पनि बताएका छन्। 

उनले नेपाललाई बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अवधारणाको महत्त्वपूर्ण साझेदार मुलुकका रुपमा ठानेको उल्लेख गरेका छन्। उनले नेपाललाई दिने सहयोगमा कुनै पनि राजनीतिक सर्त नजोडिने पनि उल्लेख गरेका छन्। कोभिड-१९ महामारी सुरु भएयता देखि नै आफूहरूले नेपालाई खोप, लिक्विड अक्सिजनसहितका स्वास्थ्य सामग्री प्रदान गर्दै आएको पनि दूतावासको भनाइ छ।

प्रकाशित: ३० पुस २०७८ १०:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App