coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ट्याटु खोपाउन आएका व्यक्तिको मृत्यु

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. १ लोकन्थली मनहरा आँखा अस्पताल नजिक रहेको आरुष मल्लले संचालन गरेको आइएनके ट्याटुमा ट्याटु खोपाउन आएका व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थान घर भई हाल काठमाडौ कोटेश्वर बस्ने वर्ष ३३ का बिराज खड्का रहेका छन्।

उनको ट्याटु खोपाउन पालो कुरेर बसिरहेको अवस्थामा अचानक बेहोस भएर मृत्यु भएका हुन्। बेहोस भएपछि ट्याटु संचालक तथा आफन्तसमेत भई उपचारका लागि के.एम.सी. अस्पताल सिनामंगल लगेकोमा बिहीबार उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई अनुसन्धान कार्य भइरहेको जनाइएको पसिरसका सूचना अधिकृत राजु पाण्डेले जनाए।

प्रकाशित: २९ पुस २०७८ ०७:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App