१२ जेष्ठ २०७९ बिहीबार
समाज

फत्तेपुर जंगलमै बाघको ताजा पाइला भेटिएपछि नियन्त्रणमा लिन आहारा छाडियो

बाँकेको राप्तीपारि आतंक मच्चाइरहेको पाटे बाघ रहेको सम्भावित स्थान पत्ता लागेको छ। बाघलाई खोज्न मंगलबार दिउँसो डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषका स्वास्थ्य प्राविधिक, स्थानीय जनप्रतिनिधि, वन तथा वातावरण संरक्षण समन्वय समिति कम्दी, सामुदायिक समुह, प्रहरी, नेपाली सेना लगायतको संयुक्त टोली फत्तेपुर जंगलमा परिचालित भएको थियो। सो क्रममा उक्त टोलीले बाघको ताजा पाइला फेला पारेको हो।

बाघको ताजा पाइला फेला परेपछि सम्भावित स्थानमा आहारा स्वरूप एउटा ‘पाडो’ लगेर जंगलमै छाडिएको डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत एवं सूचना अधिकारी गणेश खड्काले जानकारी दिए। ‘मानव बस्तीदेखि करीब ४/५ किलोमिटर भित्र फत्तेपुर जंगलमा बाघको ताजा पाइला फेला पर्यो, त्यसपछि बाघ आउन सक्ने सम्भावित स्थानमा एउटा पाडो लगेर बाँधेका छौं, त्यहाँ क्यामेरा पनि जडान गरेका छौं,’ उनले नागरिकसँग भने ‘पाडो खान आउने बाघलाई लठ्याएर नियन्त्रणमा लिन बुधबार प्राविधिक सहितको टोली जंगलमै बस्नेछ।’

बाघको आहाराका लागि दुई वटा पाडो किनेकोमा मंगलबार एउटालाई मात्र जंगलमा लगेर राखिएको खड्काले बताए। उनका अनुसार पाडोको व्यवस्थापन वडा कार्यालय र राप्ती सोनारी गाउँपालिकाले गरेको हो। बाघलाई नियन्त्रणमा लिनेबित्तिकै ‘वाइल्ड लाइफ एम्बुलेन्स’ मा राखेर व्यवस्थापन गर्ने तयारी छ। त्यसका लागि उक्त एम्बुलेन्सलाई फत्तेपुरमा तयारी अवस्थामा राखिएको छ। ‘बाघलाई लठ्याएर नियन्त्रणमा लिने हाम्रो योजना छ, बेहोस भएको बाघलाई व्यवस्थापन गर्नका लागि वाइल्ड लाइफ एम्बुलेन्स पनि तयारी अवस्थामा छ,’ उनले भने।

बाघ नियन्त्रण गर्नका लागि स्वास्थ्य प्राविधिक टोली सोमबार बेलुका मात्र बाँकेको राप्तीपारि पुगेको हो। बाघ नियन्त्रणमा नआउँदा राप्तीपारिका स्थानीय बासिन्दा निकै त्रसित छन्। बाघको आक्रमणबाट शनिबार राप्ती सोनारी ६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारु र बिहीबार राप्ती सोनारी ४ पर्सोना की ५३ वर्षीया लिला विष्टको मृत्यु भएको थियो।

बाघको आक्रमणबाट बाँकेमा तीन महिनाभित्र चार जनाको ज्यान गइसकेको छ। यसअघि राप्ती सोनारी १ गाभर र नरैनापुरमा एकरएक जनाको मृत्यु भएको थियो। बाघले विगत डेढ हप्तादेखि भने राप्तीपारीस्थित बैजापुर, बिनौना र फत्तेपुरको जंगलभित्र मान्छे र पशु चौपायामाथि निरन्तर आक्रमण गर्दै आएको छ।

बाघ नियन्त्रण गर्नका लागि फत्तेपुरको महेमानपुरस्थित सव–डिभिजन वन कार्यालयमा क्याम्प खडा गरिएको छ। बाघको निगरानी गर्न बाँके राष्ट्रिय निकुञ्जले त्यहाँ दुई वटा हात्तीसहित कर्मचारी तथा सुरक्षाकर्मी समेत परिचालन गरेको छ। बाघले आतंक मच्चाइरहेको स्थान राष्ट्रिय वनको क्षेत्र अन्तर्गत पर्ने भएकाले डिभिजन वन कार्यालय बाँकेका कर्मचारी पनि परिचालित भएका छन्।

सधैं एउटै चिन्ता

तत्कालीन नेकपा माओवादीको सशस्त्र युद्वका बेलादेखि मधेसमा हतियारको बढी त्रास फैलिएको हो।

माओवादीको सशस्त्र युद्व शान्ति प्रक्रिया मार्फत अवतरण भएर देशमा एक हदसम्म शान्ति फैलियो तर मधेसमा अरू नै सशस्त्र समूह जन्मिए। माओवादीबाट विद्रोह गरेर २०६१ साउन १० जयकृष्ण गोइतले जनतान्त्रिक तराई मुक्ति मोर्चा नामक सशस्त्र संगठन सञ्चालन गरेपछि मधेसमा पुनः हतियारको त्रास सुरु भयो।

मधेस र मधेसीको मुक्तिका लागि भन्दै उनको संगठनले तराई–मधेसमा सशस्त्र संघर्षको शंखनाद गरेलगतै ज्वाला सिंह उनीबाट अलग्गिए। गोइतसँगको विवाद र मतभेदका कारण मोर्चा स्थापनाको दुई वर्षमै दुई चिरा भयो। ज्वाला सिंहले आफ्नै नेतृत्वमा फेरि जनतान्त्रिक तराई मुक्ति मोर्चा नामक सशस्त्र समूह सञ्चालन गरे।

त्यसपछि त जनतान्त्रिक नाम यति चल्यो कि यो नामबाट दर्जनौं समूह बाहिर आए, सप्तरीको बूढो बाजेको पेडा पसलजस्तै। जनतान्त्रिकको नामबाट अपहरण, चन्दा, फिरौती, व्यक्ति हत्या यति बढ्यो कि मधेसका गाउँघरबाट मधेसी नै पलायन हुन थाले। मधेस मुक्तिका लागि भनिएको त्यो सशस्त्र संघर्षलाई अवैध हतियारको आडमा कमाइको माध्यम बनाइयो। समयान्तरमा सशस्त्र समूहको गतिविधि मधेसमा मत्थर भयो तर अवैध हतियारको त्रास भने अझै घटेको छैन।

प्रकाशित: २८ पुस २०७८ ०९:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App