१० माघ २०७८ सोमबार
समाज

बाँके डुडुवाका जेष्ठ नागरिकलाई कम्बल वितरण

चिसो र शितलहरबाट प्रभावित जेष्ठ नागरिकलाई बाँकेको डुडुवा गाउँपालिकाले न्यानो सामाग्री वितरण गरेको छ। गाउँपालिकाको वडा नम्बर १ देखि ६ सम्मका जेष्ठ नागरिकलाई न्यानो कम्बल र चेवनप्रास वितरण गर्न सुरु गरिएको हो।  

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले मंगलबार एक कार्यक्रमबीच जेष्ठ नागरिकलाई कम्बल हस्तारण गरे। सो क्रममा अध्यक्ष चौधरीले अहिले चिसो मौसममा यो न्यानो कम्बलले मद्दत पुर्याउने विश्वास गरे। गाउँपालिकाले जेष्ठ नागरिकलाई लक्षित गरेर विशेष कार्यक्रम लागू गरेको बताए।

गाउँपालिकाले अहिले जेष्ठ नागरिकका लागि छुट्टै १५ बेडको अस्पताल सञ्चालनको तयारी गरेकाले स्वास्थ्य सम्वन्धी सम्पूर्ण उपचारको व्यवस्था गरिने जानकारी दिए।  

गाउँपालिकाको ६ वटै वडामा ७० वर्ष पूरा गरेका जेष्ठ नागरिक, ६० वर्ष पूरा गरेका जेष्ठ नागरिक दलित र एकल महिला गरि २ हजार ७ सय २८ जनालाई कम्वल र चेवनप्रास वितरण गरिने वडा सचिव शिवकुमार मौर्यले बताए। गाउँपालिकाले मंगलबार १ सय ५० जनालाई कम्बल वितरण गरेको उनले जनाए।

प्रकाशित: २७ पुस २०७८ १९:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App