coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चराको मुख्य बासस्थानको चिनिदै आएको बर्जुमा महोत्सव

एक सय ५२ विघा क्षेत्रफलमा फैलिएर चराको मुख्य बासस्थान बन्दै आएको सुनसरी दक्षिणवर्ती क्षेत्रको बर्जुतालको प्रचारप्रसार गर्न अहिले महोत्सव चलिरहेको छ। सयभन्दा बढी प्रजातिका चरा पाइने यहाँ पुस २३ गतेबाट सुरु भएको महोत्सव माघ ४ गतेसम्म चल्नेछ।

यहाँ २०२६ सालअघिसम्म हजारौ–हजारको संख्यामा चरा आउँथे। तर,  बीचमा तालको बाध भत्किएर सुख्खा भएकाले गर्दा आएनन, बाँध बाधेर व्यवस्थित गर्न थालेसँगै चरा आउँन थालेका हुन्। अहिले यहाँ एक सयभन्दा बढी प्रजातिका चरा आउने गरेका छन्।

बर्जु ताल २०५२ सालदेखि ताल संरक्षण गर्न थालिएमा अहिले पर्यटक आउने क्रम बढ्न थालेसँगै थप प्रचारप्रसार गर्न यसपटक तेस्रो बर्जु महोत्सव चलेको हो। महोत्सवमा हरेक दिन आउने अवलोकनकर्ताको संख्या बढ्दो छ। महोत्सव आयोजक बर्जु सामूदायिक विकास केन्द्रका अध्यक्ष श्रवणकुमार चौधरीका अनुसार बर्जुसँगै गढी, दुहवी, हरिनगर, इनरुवा, धरान, इटहरी र विराटनगरका अवलोकनकर्ता आउने गरेका छन्।

‘बर्जुको बारेमा निरन्तर तीन वर्षदेखि महोत्सव लगाएर प्रचारप्रसार गर्दा वर्षेनी आउने पर्यटक बढ्दा छन,’ चौधरीले भने, ‘शनिबार र बिदाका दिन त पर्यटकको चाप थामि नसक्ने गरि हुन्छ।’ गाउँपालिकाको स्वामित्वमा रहेको बर्जु संरक्षणमा खटिएका कर्मचारीका अनुसार सिजनमा एक सय २५ वटा टोलीसम्म पिकनिकका लागि आएको रेकर्ड भएको छ।

अहिले चलिरहेको महोत्वमा दिनहुँ राष्ट्रिय कलाकारको प्रस्तुति रहने गरेको छ। जसमा प्रकाश ओझा, ज्योती मगर, दमन रुपाखेती, जोगिन्दर पानवालालगायतका प्रस्तुती रहनेछ।

समापनका क्रममा भारतका चर्चित कलाकार पनि आउने छन्। महोत्सवमा खाद्यन्नसहित विभिन्न सामान खरीद विक्री गर्न २३ वटा स्टल राखिएका छन्। यस्तै, मनोरञ्जनका लागि विभिन्न खेल तमासा पनि प्रस्तुति गरिनेछ भने बालबालिका निम्ति पनि मनोरञ्जन सामग्री राखिएको छ।

प्रकाशित: २७ पुस २०७८ १३:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App