coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पोखरामा पानी चराको गणना

पोखराका ताल तलैया र खोलानालामा पाईने जलपंक्षीको गणना सुरु गरिएको छ। वर्षेनी जलपंक्षी गणना गरिदैं आएको छ। गणना कार्य सन २००४ देखि पोखरामा निरन्तर गरिदैं आएको छ। सन् १९८७ देखि वर्षेनी नियमित रूपमा गरिँदै आएको छ।  

पोखरामा मंगलबारदेखि लेखनाथ क्षेत्रका तालहरुमा जलपंक्षी गणना शुरु गरिएको पोखरा पंक्षी समाजका अध्यक्ष तथा गणनाका क्षेत्रीय प्रतिनिधी मनशान्त घिमिरेले जानकारी दिए। ‘पहिलो दिन लेखनाथका बेगनास, रुपा, गुँदे, खास्टे, न्युरेनी, दिपाङ, मैदी तालमा गणना गरिने छ’ उनले भने–‘दोस्रो दिन फेवाताल, कमलपोखरी ताल र विजयपुर खोला क्षेत्रमा गणना गर्ने छौं।’  

गणनामा गरिएको तथ्यांक अनुसार पोखरा उपत्यकामा ४६ प्रजातिका पानी चराको अभिलेख गरिएको छ। वर्षेभरी गरिने अध्ययनले अनुसार १०२ प्रजातिका पानी चरा देखिएको समाजका अध्यक्ष घिमिरेले बताए। उनका अनुसार कुनै समय पानी चरा नियमित देखिन्छन्। ‘चराहरु माईग्रेट हुन्छन्। माईग्रेट हुने क्रममा भेटिएका चरालाई समेत गणना गर्ने गरेका छौं,’ उनको भनाई थियो, ‘कुनै चारवर्षमा एक पटक देखिन्छन्। कुनै दुईवर्षपछि देखिने गरेका छन्। केही एक पटक देखिएपछि दोहोरिएर देखिने गरेका छैनन्।’ माईग्रेट हुने चरालाई बटुवा भन्ने गरिन्छ।  

गणना कार्य दुई दिन गरिने छ। गणनामा २७ जना संलग्न छन्। १० गणक छन । बाँकी अन्य बन विज्ञान अध्ययन संस्थान, पृथ्वीनारायण क्याम्पसका विद्यार्थीहरु, ताल व्यवस्थापन सरोकार निकायका प्रतिनिधि तथा पथप्रदर्शक संलग्न रहेको उनको भनाई थियो। सिमसारमा आश्रित पानीचराहरूको अवस्था पत्ता लगाउन, संख्याको अद्यावधि गर्न, संरक्षणमा स्थानीय समुदायलाई सहभागी बनाउँदै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष नेपालभर जलपक्षीहरूको अनुगमन र गणना गर्ने गरिएको उनले बताए। 

पुस १७ देखि माघ ५ (जनवरी १ देखि १९) सम्म विश्वभरका साथै नेपालका ६० भन्दा बढी ताल तलैया र नदीका भागहरूमा जलपक्षीहरूको गणना गरिने पोखरा पंक्षी समाजका अध्यक्ष तथा गणनाका क्षेत्रीय प्रतिनिधि घिमिरेले जानकारी दिए। दक्षिण एसियामै पहिलो पटक वन्यजन्तु पर्यटन भित्रयाउने पायोनियर कम्पनी टाइगर टप्सको चेन होटल टाइगर माउण्टेन पोखरा लजका प्रबन्धक मार्कस कटनको अगुवाईमा सन् २००४ देखि पोखरा उपत्यकामा शुरु गरिएको पानी चरा गणना गरिएको थियो।  

प्रकाशित: २७ पुस २०७८ ०८:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App