८ वैशाख २०८१ शनिबार
समाज

छुट्टाछुटै ठाउँंमा एकैदिन दुईको मृत्यु

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ५ सुवर्णेश्वर सामुदायिक जंगलमा एकजना पुरुष झुन्डेर मृत्यु भएको अवस्थामा फेला परेको छ। 

नामथर वतन नखुलेको कालो वर्णको, उचाई ५ फिट, कालो सेतो कपडाको ज्याकेट, निलो जिन्स पाइन्ट लगाएको अन्दाजी ३०।३५ वर्षको जस्तो देखिने पुरुष व्यक्ति अंगेरीको रुखमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डी आत्महत्या गरेको अवस्थामा आइतबार भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। 

यसैगरी जिल्लाकै भक्तपुर मध्यपुर थिमि नगरपालिका वडा नं. ७ नगदेशस्थित जगतबहादुर प्रजापतिको घरमा डेराकोठा गरी बस्ने भारत बिहार घर भएको, ग्यास स्टोभ मर्मत गरी एक्लै बस्ने वर्ष ४० को मोदी शाह सोही घरको ट्वाईलेटभित्रको वालमा कोल्टो परी अचेत अबस्थामा भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीले दुबै घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: २५ पुस २०७८ १२:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App