१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रौतहटका पुराना वामपन्थी नेताको निधन

रौतहटका पुराना वामपन्थी नेता काशीप्रसाद साहको ७९ वर्षको उमेरमा देहावसान भएको छ। विगत ६ वर्षदेखि क्यान्सर रोगको उपचार गराइरहेका वामपन्थी नेता तथा समाजसेवी साहको गरुडा नगरपालिका ४ स्थित आफ्नै निवासमा निधन भएको हो।

कुनै पनि मूल्यमा नेकपा एमाले परित्याग नगरेका निष्ठावान नेता साह मध्यरौतहट बहुमुखी क्याम्पस गरुडाका व्यवस्थापन समितिका सदस्य पनि थिए। विभिन्न संघसंस्था तथा समाजसेवामा जीवनभर सक्रिय रहेका साहकी बुहारी वीणादेवी साह नेकपा एमालेबाट प्रदेश २ बाट माघ १२ मा हुने राष्ट्रिय सभा सदस्यको उम्मेदवार रहेकी छन्।

नेता साहको शनिबार नै पारिवारिक परम्पराअनुसार अन्तिम संस्कार गरिएको छ। नेता साहको पार्थिव शरीरलाई नेकपा एमालेको झन्डा ओढाएर सम्मान गरिएको पारिवारिक स्रोतले जनाएको छ।

प्रकाशित: २४ पुस २०७८ १३:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App