८ वैशाख २०८१ शनिबार
समाज

स्रोत नखुलेको नेपाली रुपैयाँसहित भरिया पक्राउ

सशस्त्र प्रहरीले स्रोत नखुलेको रकमसहित पक्राउ गरेको भरिया।

सशस्त्र प्रहरीले धनुषाबाट स्रोत नखुलेको नेपाली रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ। बिहीबार दिउँसो धनुषाको नगराइन नगरपालिका–२ बाट ३८ लाख ३५ हजार नेपाली रुपैयाँसहित लक्ष्मीनिया गाउँपालिका–१, सिनुरजोडका २३ वर्षीय अमितकुमार यादवलाई पक्राउ गरिएको सशस्त्र प्रहरी प्रदेश २ का  डिआइजी गणेश ठाडाले जानकारी दिए।

यादव चढेको प्रदेश २–०२–००१ प ०४८८ नम्बरको मोटरसाइकलको ट्यांकीभित्र लुकाइएको अवस्थामा उक्त रकम बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

पछिल्लो समय भारतबाट नेपालतर्फ स्रोत नखुलेको नेपाली रुपैयाँ भित्रिने क्रम बढेको छ। भरिया मार्फत हुण्डी कारोबारीले रकम भित्र्याइरहेको प्रहरी स्रोतको भनाइ छ। भरिया पक्राउ पर्ने तर कारोबारी उम्किने कारण पारिबाट स्रोत नखुलेको रुपैयाँ भित्रिने क्रम रोकिएको छैन।

प्रकाशित: २२ पुस २०७८ १०:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App