coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पृथ्वी नारायण शाह हिँडेको पदमार्ग ब्यूताउँदै सेना, गोरखा-काठमाडौं पदयात्रा सुरु

पदयात्रामानिस्किएको नेपाली सेनाको टोलीलाई बिदाई गरिँदै। तस्बिरः नागरिक

नेपाल एकिकरणको अभियानका क्रममा तत्कालिन राजा पृथ्वीनारायण शाहाले काठमाडाैंसम्म यात्रा गरेको बाटोलाई नेपाली सेनाले एकिकरण पदमार्गको रुपमा बिकास गर्ने योजना बनाएको छ। पदमार्गको बिकासका लागि नेपाली सेनाले उक्तमार्ग भएर पद यात्रा गर्दै आएको छ।  

सोही क्रममा बुधवार तेस्रो पटक नेपाली सेना रिपुमर्दन गणको आयोजना, गोरखा नगरपालिका, भिमसेन थापा गाउँपालिकाको समन्वयमा पद यात्रा सुरु भएको श्री रिपुर्मदन गण गोरखाका गणपती हेमराज बिष्टले बताए। 

पदयात्रामा नेपाली सेनाका ४० जना सहभागी छन्। गोरखादेखि सुरु भएको पदयात्रा पुस २७गते पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिबसको दिन हनुमान ढोकामा आएर टुङ्गिने छ।  राष्ट्रिय झण्डा, सेनाको आफ्नै झण्डा, टर्च बोकेर फुलको माला लगाएर नेपाली सेनाको एक टोली गोरखा दरबार स्थित हनुमान भञ्ज्याङबाट बुधवार बिहान हिँडेको छ। गोरखा दरबार–जोर चौतारी–ताप्ले–अश्राङ–बोर्लाङ–बोर्लाङघाट(घाटबेसी) सम्म गोरखाबाट हिँडेको सेना पुग्नेछ। पृथ्वीनारायण शाह कालिन सेनाको पोशाकमा र केही झण्डा बोकेर टर्च लाईट बोकेर नौमती बाजागाजासहित यात्रामा सहभागी छन्।

गोरखबाट हिँडेको टोलीले भिमसेन ८ घाटबेसीमा धादीङको शिबदल गणको टोलीलाई झण्डा, टर्च हस्तान्तरण गर्नेछ। धादीङको टोलीले नुवाकोटको जवरजंग गणको टोलीलाई हस्तान्तरण गरेपछि उक्त टोली पुस २७मा काठमाडाैं पुग्ने गरी यात्रा तय भएको रिपुर्मदन गण गोरखाका गणपति बिष्टले बताए।

नेपाली सेनाको पाँच प्रथम गण श्री नाथ, कालि बक्स, पुरानो गोरखा, बर्द बहादुर र सबुजको झण्डा यात्रामा रहेका सेनाले बोकेका छन्। पदयात्रामा सहभागी टोलीलाई गोरखा दरबार स्थित हनुमान भञ्ज्याङमा आयोजित एक कार्यक्रमकाबीच मध्य कमाण्ड हेडक्वाटरका कमाण्ड सेनापती बाबुराम श्रेष्ठ, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, प्रमुखजिल्लाअधिकारी शंकरहरी आचार्य लगायतले बिदाई गरेका थिए।  

सेनापती श्रेष्ठले नेपाल सरकार र सेनाको नीति अनुसार पदमार्गको पहिचान गर्ने, धार्मीक ऐतिहासिक किल्ला, गढीको संरक्षण गरिने बताए। साथै उनले सेनाको यो काममा स्थानीय तह, प्रशासन, सर्वसाधारण सबै पक्षको सहयोग आवश्यक पर्नेमा जोड दिए। भविष्यमा आउने पुस्तालाई इतिहास देखाउन र महत्व बुझाउन ऐतिहासिक क्षेत्रको संरक्षण र संर्बद्धन गर्नुपर्ने उनले बताए।

नगरप्रमुख राजन राज पन्तले इतिहास जर्गेना गरेर अघि बढ्दा देशलाई पनि फाईदा हुने र केही सिक्ने अवसर मिल्ने भएकाले अहिले सेनाले पदयात्रा गरेको ‘रुट’लाई पर्यटकिय पदमार्गको रुपमा बिकास गर्नुपर्ने बताए। साथै गोरखा नगरपालिका भित्रबाट रुट सुरु हुने भएकाले यसको बिकास र प्रर्वद्धनका लागिकामगर्न आफु तयार रहेको बताए।

उक्त पदमार्गमा गोरखातर्फ गोरखा नगरपालिका, भिमसेन थापा गाउँपालिकाको रुट पर्छ। यात्रामा सहभागीहरुलाई ठाउँ ठाउँमा स्थानीयले फुलमालाले स्वागत गरेका रिपूर्मदन गण गोरखाका सेनानी प्रकाश परियारले बताए। गतवर्ष कोभिड १९ को प्रभावका कारण पद यात्रा हुन सकेको थिएन।

प्रकाशित: २१ पुस २०७८ ०७:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App