८ वैशाख २०८१ शनिबार
समाज

पाल्पामा शव बोकेको बस दुर्घटनाः सात जनाको मृत्यु

आज बिहान पाल्पाको लघुवामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। बुटवल तर्फबाट शव बोकेर गुल्मीको रिडि जाँदै गरेको बस पाल्पाको रिब्दिकोट २ लघुवामा दुर्घटना हुँदा ७ जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर ट्वातीले बताए। घटनामा ८ जना गम्भीर घाइते भएका छन्।

घाइतेलाई पाल्पाको मिसन अस्पताल र मेडिकल कलेज पठाइएको डिएसपी ट्वातीले बताए। अन्य केही सामान्य घाइते छन्। मृतक सातै जना पुरुष रहेको र घाइते मध्ये एक जना माहिला रहेको उनले बताए।  

घटना स्थल पुगेको प्रहरी र स्थानीयले अहिले पनि उद्धार कार्य गरीरहेका छन्। लु १ ख ७२७९ नम्बरको शव बाकेर हिँडेको बस बिहान साढे १० बजेतिर दुर्घटना भएको हो। बसमा ३५/३६ जना सवार रहेको बताइएको छ। बस सडकमा चिप्लिएर करिब ५० मिटर तल खसेको छ। सडक चिप्लो रहेको र मोडमा दाहीने काटनु पर्नेमा गाडी देब्रेतिर सोझिँदा दुर्घटना भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

मृतक मध्ये अधिकांशलाई बसले च्यापेको र च्यापिएका शवहरु झिक्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ पुस २०७८ ०६:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App