coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रौतहट दुर्घटनाः मृतक पाँच जनाको सनाखत

रौतहटको गरुडामा भारतीय नम्बरको स्कारपियो दुर्घटनामा मृत्यु भएका पाँच जनाको सनाखत भएको छ। मृत्यु हुनेमा गढीमाई नगरपालिका ३ गम्हरियाका ५५ वर्षीय मारुफ मियाँ अन्सारी, २५ वर्षीय शेख छोटू, २२ वर्षीय शेख सैनुलाह, १६ वर्षीय शेख नौसाद र उमेर नखुलेका शेख अबुलेस रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपि श्रीराम भन्डारीले जानकारी गराएका छन्।  

मंगलबार गौर चन्द्रनिगाहपुर सडक खण्डको गरुडा नपा १ जयनगरमा पोलमा ठोकिएर स्कारपियो दुर्घटना ग्रस्त भएको थियो। जन्ती लिएर फर्किँदै गरेको गाडी दुर्घटनामा परेको बताइएको छ। बिआर ०५ पिए ६९५३ नम्बरको भारतीय स्कारपियो जिपमा ८ जना सवार भएको बताइएको छ।

प्रकाशित: १३ पुस २०७८ १२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App