रौतहटको गरुडामा भारतीय नम्बरको स्कारपियो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। गौर चन्द्रनिगाहपुर सडक खण्डको गरुडा नपा १ जयनगरमा पोलमा ठोकिएर स्कारपियो दुर्घटना ग्रस्त भएको हो।
जन्ती लिएर फर्किँदै गरेको गाडी दुर्घटनामा परेको बताइएको छ। बिआर ०५ पिए ६९५३ नम्बरको भारतीय स्कारपियो जिपमा ८ जना सवार भएको बताइएको छ। दुर्घटनामा ५ जनाको मृत्यु भएको बुझिएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भन्डारीले बताए।
घटनाबारे थाप विवरण आइएरहेको डिएसपी भन्डारीले बताए।
प्रकाशित: १३ पुस २०७८ ११:२७ मंगलबार