coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

तीन महिलासहित सात जना फरार अभियुक्त पक्राउ

विभिन्न अपराधमा संलग्न भई फरार रहेका ३ महिलासहित आधादर्जन बढी अभियुक्तलाई उदयपुर प्रहरीले एकैदिन पक्राउ गरेको छ। 

अदालतबाट फैसला भई दोषी  करार भए पनि भाग्दै आउन सफल वन मद्दामा ६ र लागूऔषधका एक गरी गरी ७ जना फरार अभियुक्तहरु उनीहरुकै घरबाट बुधबार पक्राउ परेका हुन्। पक्राउ पर्नेमा एउटै गाउँ त्रियुगा नगरपालिका २ खैजनपुरका ३ महिलासहित ६ जना वन मुद्दामा फरार अभियुक्त हुन्। 

खैजनपुरका ३० वर्षीय दिलिप चौधरी, ३३ वर्षीय राजिन चौधरी, ३३ वर्षीय वीरेन चौधरी, ३५ वर्षीया रीता चौधरी, ३२ वर्षीया पवित्रा चौधरी र ३४ वर्षीया दुर्गा चौधरी रहेका छन्। उनीहरु सबैलाई जनही १ लाख ३६ हजार ६ सय ६७ रुपैयाँ जरिवाना तोकिएको छ। त्यसैगरी बुधबारै अर्का अभियुक्त बेलका नगरपालिका ७ का १८ वर्षीय अशोक राई पनि पक्राउ परेका छन्। 

जिल्ला अदालतबाट ०७७ फागुन २३ गतेको फैसला अनुसार लागूऔषध मुद्दामा १० महिना १५ दिन कैद सजाय सुनाइएका उनी पनि हालसम्म फरार थिए। उनलाई पनि मैनामैनीस्थित घर वतनबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रकाशित: ८ पुस २०७८ ०६:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App