coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

परपुरुषसँग लागेको भन्दै श्रीमतीको हत्या

सुर्खेतमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन्। परपुरुषसँग सम्बन्ध राखेको भन्दै ती पुरुषले श्रीमतीको हत्या गरेका हुन्।

गुर्भाकोट नगरपालिका –१३ का ७१ वर्षका भिमबहादुर परिवारले ६९ वर्षीया श्रीमती गौमाया परिवारलाई दाउराको चिर्पट र मसला पिस्ने लोरोले हिकाएर हत्या गरेको प्रहरीले जनाएको छ । चिर्पट र लारो रगतले मोसिएको अवस्था फेला परेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीलाई  भीमबहादुरले परपुरुषसँग सम्बन्ध राखेको भेटाएपछि त्यही झोकमा श्रीमती हत्या गरेको बताएको छ। रिसको झोकमा हत्या गरेपछि घटना मोडको लागि परपुरुषसँग सम्बन्ध राखेकाले हत्या गरेको भन्ने भनाइ झुट पनि हुन सक्ने सुर्खेतका प्रहरी प्रमुख पदमबहादुर विष्टले बताए। ‘रिसको झोकमा हत्या गरेको हुनसक्छ,’ सुर्खेत प्रहरी प्रमुख (एसपी) विष्टले भने, अहिले परपुरुषसँगको सम्बन्ध कारण देखाएर हत्या गरेको भीमबहादुरले बताएका छन्। प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ ।

ईलाका प्रहरी कार्यालय छिन्चुको टोली घटनास्थलमा पुगेको छ। सुर्खेत प्रहरीले भीमबहादुरलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ७ पुस २०७८ ०८:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App