coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

माओवादीद्वारा प्रथम सहीद दिलबहादुर रम्तेलका बुबा सेते रम्तेलसहित १३ जना सम्मानित

सम्मान थाप्दै प्रथम सहीद दिलबहादुर रम्तेलका बुबा सेते रम्तेल । तस्बिरः सन्देश/नागरिक

नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशले प्रथम सहिद दिलबहादुर रम्तेलका परिवारसहित जनयुद्धका सहीद परिवार, घाइते तथा अपाङ्गता र जनयुद्धमा महत्वपूर्ण योगदान पुर्‍याउने ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान गरेको छ। नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशको प्रथम सम्मेलनको अवसरमा उनीहरुलाई दोषल्ला र सम्मान पत्रले सम्मान गरिएको हो।

कार्यक्रममा प्रथम सहिद दिलबहादुर रम्तेलका बुबा सेते रम्तेल, सहीद सुरेश वाग्लेका छोरा विकास वाग्ले, बेपत्ता पूर्ण पौडेलकी आमा मोतीमाया पौडेल, लामो समय जेल जीवन बिताएका नेता झलकपाणी तिवारी, पुराना कम्युनिष्ट नेता पूर्णबहादुर गुरुङ (डाँफे बा) ज्येष्ठ कम्युनिष्ट नेता डिल्लीजङ्ग गुरुङ, ज्येष्ठ कम्युनिष्ट नेता चन्द्रबहादुर जिसीलाई सम्मान गरिएको थियो।

त्यस्तै, एकै घरका चार जना सहीद भएका ईन्दु अधिकारी, भरतचन्द्र अधिकारी, कलावती अधिकारी र गजेन्द्र अधिकारीका परिवार सरोज अधिकारी, घाइते कमला नहर्की, गजुरी सैन्य हिरासत ब्रेकर कृष्ण पन्त (सेवक), पूर्व ब्रिगेड कमाण्डर टुकबहादुर थापा र जनयुद्धकी घाइते तथा जनयुद्ध पत्रकार गोमा घिमिरे (रुची)लाई सम्मान गरिएको थियो।

कार्यक्रममा उनीहरुलाई नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य देव गुरुङ, अर्का स्थायी कमिटी सदस्य तथा शिक्षा मन्त्री देबेन्द्र पौडेल (सुनिल)लगायतले सम्मान गरेका थिए।

नेकपा माओवादी गण्डकी प्रदेशको सम्मेलनमा ८४६ जना प्रतिनिधि सहभागी छन्। पहिलो दिन उद्घाटन सत्र चल्यो भने आइतबार नेतृत्व चयन गर्दै अधिवेशन समापन हुने नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश अध्यक्ष हरीराज अधिकारी (कुमार)ले जानकारी दिए।

प्रकाशित: २५ मंसिर २०७८ १४:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App