७ वैशाख २०८१ शुक्रबार
समाज

बन्न सकेन इटहरीमा सार्वजनिक शौचालय

फाइल तस्बिर

२०७४ साउन १ गते इटहरी उपमहानगरपालिकाका मेयर–उपमेयरले पदभार ग्रहण गरेलगतै नौ बुँदे निर्णय सार्वजनिक गरी  पर्यटक, आगन्तुक र यात्रुका लागि सार्वजनिक शौचालय एक महिनाभित्र व्यवस्था गर्ने निर्णय गरेका थिए।

मेयर(उपमेयरले घुम्ती सार्वजनिक शौचालय सञ्चालन गर्ने निर्णय गरेका थिए। मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले पदभार ग्रहण गरेलगतै आफ्ना प्राथमिकताका काम समेटेर नौ बुँदे निर्णय सार्वजनिक गरेका थिए। जसमा शौचालयलाई पनि समेटिएको थियो।

इटहरी उपमहानगरपालिकाले सार्वजनिक घुम्ती शौचालय त राख्न सकेन्। २०७६ साल पुस २४ गतेदेखि इटहरी उपमहानगरपालिकाको कार्यालय हाताभित्र निर्माण सुरु भएको शौचालय अझै निर्माण हुन सकेको छैन। प्रदेश नं. १ का जिल्लासँग सडक सञ्जालबाट प्रत्यक्ष सम्बन्ध जोडिएको इटहरीमा सार्वजनिक शौचालय बन्ने कुरा विभिन्न समयमा सरकारवाला निकाय बेला बखत आवाज उठाउने गरेका छन्।

सार्वजनिक शौचालय नभएको सर्वत्र आलोनापछि उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गैतमको संयोजकमा समिति बनाएर काम त सुरु भएपछि तीन वर्ष पूरा हुन लाग्दासम्म टुंगिएको छैन। सार्वजनिक शौचालय नहुँदा इटहरी आउने जोसुकै आगन्तुकले सास्ती बेर्होने गरेको नागरिक समाज इटहरीका अध्यक्ष राजु केसीले बताए।

निर्माण सुरु भएको दिन उपमहानगरका इन्जिनियर जीवन घिमिरेले ‘सोही आर्थिक वर्ष (२०७६÷०७७) मा शौचालय निर्माण पूरा हुने बताएका थिए। शौचालय अत्याधुनिक स्मार्ट र वायो प्रविधिको हुने भएकोले त्यहाँबाट उर्जासमेत निकाल्न मिल्ने निर्माण सुरुवाती चरणमा घोषणा गरिएको थियो।

अहिलेसम्म शौचालय निर्माण पूरा नहुनु ठेकेदार कम्पनीकै कमजोरीले भएको उपमहानगरपालिकाका इन्जियिनर जीवन घिमिरेले बताए। ‘निर्माणको ठेक्का पाएको अंकित कन्ट्रक्सनले बीचमा काम रोकेकाले गर्दा कालोसूचीमा राख्ने चेतावनी दिएपछि बल्ल एक साताबाट काम सुरु भएकोे छ,’ उनले भने, ‘अब एक महिनाभित्रमा पूरा गर्ने अन्तिम अल्टिमेटम दिइएको छ।’ शौचालय निर्माणको ६० प्रतिशत काम अहिलेसम्म पूरा भएको उपमहानगरपालिकाले जनाएको छ।

२०७४ सालमा भएको स्थानीय तह होस्,  प्रदेश र संघीय सरकारको चुनावताका इटहरी बजारमा शौचालय निर्माण पूरा गर्ने प्रतिवद्धता सबैजसो राजनीतिक दलले जनाएका थिए। राजनीतिक दलको निर्वाचनमात्र होइन, इटहरी क्षेत्रमा हुने सामाजिक संस्थाको चुनावी मुद्धा पनि शौचालय बन्दै आएको छ। तरपनि निर्माण पूरा हुने सकेको छैन।

प्रकाशित: २५ मंसिर २०७८ १२:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App