६ वैशाख २०८१ बिहीबार
समाज

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

मोरङको छुट्टा–छुट्टै २ स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। बिहीबार राति बुढीगंगा गाउँपालिका र विराटनगर महानगरपालिकाको अलगअलग स्थानमा दुर्घटना हुँदा २ जना पुरुषको मृत्यु मोरङ ट्राफिक प्रहरीले जनाएको छ।  

कोसी लोकमार्गअन्तर्गत बुढीगंगा–२ मा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०४–००१ प ६४६० नम्बरको स्कुटर आफै अनियन्त्रित भएर राति ८ बजेतिर दुर्घटनामा परेको थियो। सडकको बीचमा रहेको डिभाइडरमा स्कुटर ठोक्किएर दुर्घटना हुँदा चालक मोरङको उर्लाबारी नगरपालिका–४ का २६ वर्षीय सुरज खनालको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले बताए।  

दुर्घटनामा परेर गम्भीर घाइते भएका खनालको उपचारका क्रममा बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो। मृत्यु भएका खनालको साथमा सवारी चालक अनुमति पत्र नभएको जानकारी खड्काले दिए। उनका अनुसार तीव्र गतिका कारण स्कुटर दुर्घटनामा परेको पाइएको छ।  

त्यस्तै विराटनगर–११ रामपुरमा ट्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको साइकललाई को २ त ७१३९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा साइकल यात्री विराटनगर–११ का ३४ वर्षीय मुन्ना सहनीको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।  

ओभरटेक गर्ने क्रममा ट्याक्टरले साइकललाई ठक्कर दिएको हो। दुर्घटनामा परेर घाइते भएका सहनीको उपचारका क्रममा कोसी अस्पतालमा मृत्यु भएको निरीक्षक खड्काले बताए।  

ट्याक्टर र चालक विराटनगर–११ का मुकेश कामतलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको प्रारम्भिक अनुसन्धानका क्रममा कामतले सवारी चालक अनुमतिपत्र नभई ट्याक्टर चलाउने गरेको पाइएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित: २४ मंसिर २०७८ ०६:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App