७ वैशाख २०८१ शुक्रबार
समाज

इटहरी सम्मेलनले सार्वजनिक गर्‍यो १३ बुँदे घोषणापत्र

१३ वुँदे इटहरी घोषणा पत्र जारी गर्दै लैङ्गिक हिंसाविरुद्द तेस्रो इटहरी सम्मेलन बिहीबार सकिएको छ। इटहरी उपमहानगरपालिकाले प्रत्येक वर्ष लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियानको समापनका क्रममा इटहरी सम्मेलन गर्ने गरेको छ।

यस वर्ष जारी गरिएको घोषणा पत्रमा मुख्य प्राथमिकतामा इटहरीमा नागरिकता लिनबाट वञ्चित महिला तथा उनीहरुका सन्तानको नागरिक प्राप्तिका लागि उपमहानगरले सहयोग गर्ने उल्लेख गरिएको छ। यस्तै, प्रत्येक वडा कार्यलयमा रहेका सामुदायिक मेलमिलाप केन्द्रमा लैङ्गिक सहायता कक्षको स्थापना गरी महिलामाथि हुने हिंसाका घटनाहरुको सम्बोधनका लागि आवश्यक समन्वय तथा सहयोगको सुनिश्चित गर्र्ने कार्यको थालनी पनि गरिने भएको छ।

घोषणपत्रमा चालू आर्थिक वर्षभित्रै इटहरी उपमहानगरपालिकामा सुरक्षित स्थनपान कक्ष निर्माण गर्ने र क्रमशः सवै वडा कार्यालयहरुमा यो सेवा विस्तार गर्दै लैजाने नीति अवलम्वन गरिने घोषणा गरिएको छ।

सम्मेलनका क्रममा एक वर्षमा इटहरीमा ७ सय ७३ वटा लैङ्गिक हिंसाका घटना कानूनी दायरामा आएको पनि सार्वजनिक गरिएको छ।

प्रकाशित: २३ मंसिर २०७८ १२:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App