७ वैशाख २०८१ शुक्रबार
समाज

१ सय २९ वर्ष जेल सजाय तोकिएका मेषबहादुर पक्राउ

जिल्ला प्रहरी कार्यालयले प्रक्राउ गरेको तनहुँ जिल्ला अदालतले एक सय २९ वर्ष जेल सजाय तोकेको फरार प्रतिवादी मेषबहादुर।

तनहुँ जिल्ला अदालतले एक सय २९ वर्ष जेल सजाय तोकेको एक फरार प्रतिवादी सिन्धुलीबाट पक्राउ परेका छन्। सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नं. १ बाट एक सय २९ वर्ष जेल र १४ लाख ८३ हजार तीन सय ४७ रुपैयाँ जरिवाना भुक्तान नगरि फरार रहेका एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पक्राउ गरेको हो।

तीनपाटन गाउँपालिका वडा नं. ३ का मगर कान्छा भन्ने मेषबहादुर थापा मगरलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी मनोजकुमार लामाले जानकारी दिए। ६ ओटा जबरजस्ती, चोरी र १२ ओटा डाका मुद्दामा सुनुवाई गर्दै २०७१ वैशाख १७ गते र २०७२ जेठ ४ गते तनहुँ जिल्ला अदालतले एक सय २९ वर्ष सात महिना १५ दिन जेल सजायसहित नगद जरिवाना तिर्नुपर्ने फैसला गरेको फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गर्न सफल भएको डिएसपी लामाले बताए।

पक्राउ परेका प्रतिवादीलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत सिन्धुली पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ मंसिर २०७८ १२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App