७ वैशाख २०८१ शुक्रबार
समाज

सिन्धुलीमा रोकिएन अवैध गाँजा खेती

फाइल तस्बिर

सिन्धुलीमा वर्षेनी गाँजा खेती मौलाउँदै गएको छ। प्रहरीले गाँजा खेती गर्न नियन्त्रण गर्ने उदेश्यले वर्षेनी गाँजा फडानी गर्दै आएको भएपनि सिन्धुलीको मरिण र हरिहरपुरगढी क्षेत्रमा वर्षेनी गाँजा खेती हुँदै आएको छ। 

गत कार्तिक २१ गते प्रहरीले सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका ७ स्थित पश्चिम भुताहा माथिल्लो भेग र मसिनो खोलामा गरि एक विगाहा क्षेत्रफलमा लगाइएको गाँजा खेती फँडानी गरेको थियो। यस्तै कार्तिक महिनामै उक्त गाँउपालिकाकै भुताहा भोगटे भन्ने स्थानबाट तीन कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा नष्ट प्रहरीले गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी मनोजकुमार लामाले जानकारी दिए। 'खेतबारीमा व्यवसायीक रुपमा लगाइएको गाँजाको हरियो बोटलाई काटेर सोही स्थानमा नष्ट गरेका हौं' उनले भने। प्रहरीले हरिहरपुरगढी गाँउपालिकाकै कानसिर र दमारमा दुई कठ्ठा क्षेत्रफलमा लगाएको २५ सय बढी बोट गाँजा नष्ट गरेको छ। प्रहरीले वर्षेनी गाँजा खेती नष्ट गरेको तथ्याङ सार्वजानिक गरेपनि त्यस क्षेत्रमा गाँजा खेती रोकिएको छैन। तस्करहरुले लुकीछिपी गाँजा खेती गर्ने र तराईका विभिन्न जिल्ला हुदै गाँजा भारत निर्यात गर्ने गरेका छन्।

हरिहरपुरगढी गाँउपालिका भित्र बढी गाँजा खेती हुदै आएको स्थानीय स्वयम् बताउँछन्। प्रहरीले पाकेर तयारी हुने समयमा मात्रै गाँजा फडानी गर्ने गरेकाले खेती गर्ने तस्करहरुले खेती गर्न छाडेका छैनन्। प्रहरीले गाँजाको विरुवामै नष्ट गर्नुपर्ने स्थानीय बताउँछन्। 'हामीले खेती गरेको सुचना पाएसम्म नष्ट गरेका छौं' डिएसपी लामाले भने गत शनिबार पनि मरिण गाँउपालिकाको गर्दुवामा अबैध रुपमा लगाइएको तीन कठ्ठा क्षेत्रफलको गाँजा खेती नष्ट गरेका छाैं।

प्रहरीले विगतका बर्षमा समेत यस क्षेत्रमा अबैध रुपमा विघौ विगाहामा लगाइएको गाँजा खेती नष्ट गर्दै आएको भएपनि त्यस क्षेत्रमा गाँजा खेती न्युनिकरण हुन सकेको छैन। गाँजा खेती फँडानी गरेपनि खेती गर्नेलाई भने कारवाही भएको पाइएको छैन। खेत गर्ने किसान भएपनि गाँजाका तस्कर भएपनि कारबाही हुनुपर्छ अनिमात्रै अबैध गाँजा खेती रोक्न सकिएला एक स्थानीयले भने। जिल्ला प्रहरी कार्यालयका डिएसपी लामाका अनुसार नम्बरी भन्दा ओइलानी जग्गामा बढी गाँजा खेती हुँदै आएको पाइएको छ।

प्रकाशित: २० मंसिर २०७८ ०८:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App