८ वैशाख २०८१ शनिबार
समाज

सामुदायिक वनमा अब फलफूलका विरुवा

सामुदायिक वन महासंघका सचिवालय सदस्य महोम्मद कर खाँले बारबर्दिया नगरपालिका ५ स्थित जिराह सामुदायिक वनमा अम्रपाली जातको आँप र सुन कागती विरुवा शुक्रबार रोपे। जिल्लामै पहिलो पटक रोपिएको फलफूलको विरुवामा वडा नं ५ का अध्यक्ष मानबहादुर थारु, सावका अध्यक्ष वसन्त चौधरी र वन डिभिजन कार्यालयका प्राबिधिकले साथ दिए।

सामुदायिक वनमा खाली रहेको डेढ हेक्टर जग्गामा पाँच सय विभिन्न जातका विरुवा रोप्ने संघको योजना छ। जिविकोपार्जनका लागि सामुदायिक वनभित्र खाली रहेको जग्गामा फलफूल विस्तार गर्दा उपभोक्ताको आयस्तर वृद्धिले दिगो संरक्षण अवधारणाले सार्थकता पाउने खाँले बताए। ‘जसले रात दिन संरक्षण गरेर हुर्काएको विरुवाबाट उपभोक्ता घाँस दाउरा सीमित भए’, उनले भने, ‘अब फलफूल खेतीलाई सामुदायिक वनमा विस्तार गरेर उपभोक्तालाई आयआर्जनतर्फ उन्मुख गराउनु संघको उद्देश्य हो।’

सामान्यत सामुदायिक वन भन्ने वित्तिकै उपभोक्ताले घाँस दाउरा उपभोग गर्ने बुझिन्छ। आफैले स्याहारेको वनबाट घाँस दाउरा लिन उपभोक्तालाई छुट दिने प्राबधान छ। तर, ती विरुवा हुर्काउने उपभोक्ता आर्थिक स्थिति खस्कँदो रहेको पाइएको छ।

यतिबेला सामुदायिक वन उपभोक्ता लागि उपयोगी बन्न नसकेको बहस चलिरहेको छ। घाँस दाउराले मात्र बिपन्न उपभोक्ता आयस्तर सुधार उन्मुख नभएपछि दिगो संरक्षण अवधारणा जोडन फलफूलका विरुवा जिराह सामुदायिक वनमा बृक्षरोपण गर्न सुरु गरिएको छ।  

सामुदायिक वन महासंघको योजनामा सामुदायिक वनका उपभोक्तालाई आयआर्जनसँग जाड्ने अवधारणा स्थानीय सरकारले सकारात्मक रुपमा लिएको वडा अध्यक्ष थारुले बताए। ‘घाँस दाउरामा सीमित उपभोक्ता आयआर्जनमा जोडिँदा उपभोक्ता जीवनस्तरमा अवश्य सुधार हुन्छ,’ उनले भने।

प्रकाशित: १७ मंसिर २०७८ ११:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App