७ वैशाख २०८१ शुक्रबार
समाज

भारतीयसहित ठूलो मात्रामा लागूऔषध बरामद

प्रहरीले लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले तीनै जनालाई मंगलबार ब्राउन सुगरसहित पक्राउ  गरेको हो। पक्राउ परेका तीन जनामध्ये एक जना भारतीय नागरिक रहेका छन्। प्रहरीले मधुवन नगरपालिका–५ स्थित भारत जिल्ला बहराईच तहशिल मिहिपुरुवा सुजौली थाना फकिरपुर बस्ने २२ वर्षिय रोहितकुमार गुप्तालाई पक्राउ गरेको हो। गुप्ता शंकास्पद रुपमा हिँडिरहेका बेला खानतलासी गर्दा लागूऔषध बरामद गरेको प्रहरी जनाएको छ।

उनीबाट १८ ग्राम७ सय ६० मिलिग्राम ब्राउन सुगर फेला परेको हो। त्यसैगरी प्रहरीले दुई जनालाई बढैयातालको कालिकाबाट नियन्त्रणमा लिएको छ।

बढैयातालगाउँपालिका–७ कर्णालीपुरस्थित फुटाह कण्ठपुर सडकखण्डमा रहेको कर्णालीपुलमा साँझ शंकास्पद रुपमा बसेको बेला ती दुईलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बढैयातालगाउँपालिका–२ सितापुर बस्ने २२ वर्षका प्रदिप सुनार र वडा नम्बर ७ बस्ने २१ वर्षै विशाल सिंह ठकुरी रहेका छन्। उनीहरुको साथबाट ९ सय ६० मिलिग्राम लागूऔषध ब्राउन सुगर फेला पारेको प्रहरीको भनाइ छ।

प्रकाशित: १५ मंसिर २०७८ ११:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App