७ वैशाख २०८१ शुक्रबार
समाज

मातृभाषामा जनचेतनामूलक सडक नाटक प्रदर्शन

रौतहटका नवयुवक कलाकारहरुले मातृभाषामा जनचेतनामूलक सडक नाटक प्रस्तुत गरेका छन्। निर्बिज नाट्य समूह तथा सरिता फाउन्डेसनको प्रस्तुतिमा रौतहटका नवयुवक कलाकारहरुले मातृभाषा बज्जिका सडक नाटक प्रदर्शन गरेका हुन्।

मन्डला थिएटरका कलाकार आदित्यनारायण मिश्रको लेखन तथा निर्देशनमा कुमार चन्दन, सुरजनारायण झा, शिवानी गुप्ता, खुश्बु कर्ण, रविन्द्र कुमार, अभिजीत राम, रविन्द्र पासवात, जानवी गुप्ता, रोहित पाण्डेय, सीतासुन्दर सहनी, धिरव पासवान, कृष्णनन्दन कुमारसहितका कलाकारहरुले गरुडामा छुवाछुत तथा जातीय विभेदविरुद्ध जीवन्त नाटक प्रस्तुत गर्दा सयौँ दर्शक एकसाथ द्रविभूत भएका थिए।

नाटक हेर्ने दर्शकले समेत नाटककै भागको रुपमा प्रतिक्रिया दिन पाउने गरी सडक नाटकको एउटा प्रकार कचहरी नाटकको प्रस्तुतिमा प्रस्तुत गरिएको नाटक ज्यादै प्रभावकारी भएको दर्शकको प्रतिक्रिया रहेको थियो।

दुई हप्तासम्म प्रशिक्षण दिएपछि कलाकारहरु तयार भएका छन्। नवोदित कलाकारहरुले गरेको पहिलो प्रस्तुति अत्यन्त आकर्षक रहेको साहित्यकार संजय साह मित्रले प्रतिक्रिया दिएका छन्।

कलाकारहरुलाई प्रशिक्षण तथा नाटकको प्रदर्शनको व्यवस्थापनमा गरुडा नगरपालिकाका चर्चित युवा समाजसेवी अनिलकुमार यादवले व्यक्तिगत आर्थिक सहयोग गरेका छन्। प्रशिक्षणको समापनको अवसरमा बोल्दै समाजसेवी यादवले मातृभाषा र कलाकारितालाई अगाडि बढाउन आफू व्यक्तिगत रुपसे जस्तो सुकै सहयोग गर्न तयार रहेको बताएका छन्।

प्रकाशित: १४ मंसिर २०७८ १४:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App