८ वैशाख २०८१ शनिबार
समाज

लागूऔषधसहित रौतहटमा दुई जना पक्राउ

लागूऔषधसहित रौतहटमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। होटलभित्र खाजा खाइरहेका दुई युवकले ठूलो परिमाणमा लागूऔषध बोकेको सूचना प्रहरीले प्राप्त गरेपछि सूचनाको आधारमा रौतहट सदरमुकाम गौरस्थित अनिल मिट हाउसमा खाजा खाइरहेका दुई युवकलाई चेकजाँच गर्नेक्रममा लागूऔषध बरामद भएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटेको प्रहरी टोलीले होटलमा खाजा खाइरहेका गौर नगरपालिका ४ टिकुलियाका १९ वर्षीय रोशनकुमार सहनी र सोही गाउँका २४ वर्षीय टिन्कु सिंहलाई शंका लागी प्रहरीले चेकजाँच गरेका थिए। चेकजाँचको क्रममा दुवै जनाको साथबाट २०० पत्तामा तीन हजार पिस लागूऔषध नाइट्रोभेट बरामद भएको छ।

ठूलो परिणाममा नाइट्रोभेट बरामद भएपछि दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिनुका साथै बिआर ०५ एएल ४०६९ नम्बरको मोटरसाइकललाई पनि नियन्त्रणमा लिएको छ।

ठूलो परिणाममा लागूऔषध कहाँबाट आयो र कसको लागि किन लिएको हो लगायत अन्य विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित: १४ मंसिर २०७८ १२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App