अछामको मङ्गलसैनबाट टीकापुर जाँदै गरेको ना६ख ८२९ नम्बरको बस कैलाश खोला नजिकै आज दिउँसो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा मङ्गलसैन नगरपालिका–१४ का ५७ वर्षीय टेक भण्डारी र सोही नगरपालिका–१ का अन्दाजी २२ वर्षीय एकेन्द्र थापा रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालले जानकारी दिए। उनका अनुसार दुर्घटनामा परी २९ जना घाइते भएका छन्।
बस सडकबाट उल्टो पल्टिएकाले घाइतेको उद्धार भइरहेको छ। दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने प्रहरीले अनुमान गरेको छ। घाइते भएकालाई बयालपाटा र जिल्ला अस्पताल मङ्गलसैनमा उपचारमा लागि पठाइएको प्रहरी निरीक्षक अर्यालले बताए। रासस
प्रकाशित: १४ मंसिर २०७८ १२:२६ मंगलबार