coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कास्कीको पाउँदुरमा बस दुर्घटना, चालकको मृत्यु

आठजना घाईते

भैरहवाबाट बाग्लुङतर्फ जाँदै गरेको यात्रुबाहक बस कास्कीको अन्नपूर्ण गाँउपालिका–३ पाँउदुरमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा अरु आठजना यात्रु घाईते भएका छन्।

मंगलबार विहान ६ बजेर ५० मिनेट जाँदा पाँउदुरको घुम्ती उक्लिदै गरेको लु १ ख ७७६६ नम्बरको यात्रुबाहक बस सडकबाट करिब ३० मिटर तल खसेको थियो। बस स्थानीय जुमकाजी विकको भान्सा घर गोठ र शौचालय माथि खसेको थियो। दुर्घटनामा पाल्पा जिल्ला घर भएका ४५ वर्षिय बस चालक भुपनाथ खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। बस चालक खनाल बसले च्यापिएको अवस्थामा उद्दार गरिएको थियो।  

बसमा सवार बाग्लुङ नगरपालिका–६ लहरेपीपल बस्ने २९ वर्षिय शिवराम शर्मा, बाग्लुङ जिल्लाकै ठुलढुंगा बस्ने ४८ वर्षिय कृष्ण खड्का, बाग्लुङ नगरपालिका– १४ बलेवा बस्ने वर्ष २५ को राजुश्रेष्ठ, राजुका बुवा ८५ वर्षिय उमलाल श्रेष्ठ, बाग्लुङ बलेवा– २ आवारोड बस्ने ४२ वर्षिय सुवर्ण सापकोटा(महिला), पर्वत जिल्ला फलेवास नगरपालिका–४ बस्ने ३५ वर्षिय सुर्य तिवारी, चितवन भरतपुर महानगरपालिका–३ राम्जाली मार्ग बस्ने २३ वर्षिया साधना उपाध्याय घाइते भएका छन्। त्यस्तै बस खस्दा घरमुली अन्नपूर्ण गाँउपालिका–३ पाउँदुर बस्ने माया विक घाईते भएको प्रहरीले जनाएको छ।  

अधिकांश घाईतेको टाउको, हात र छातीमा चोट लागेको छ। पोखराको फिस्टेल, गण्डकी मेडिकल कलेज र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा घाइतेको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरिक्षक सुन्दर तिवारीले जानकारी दिए। उनकै कमाण्डमा खटिएको ३० सुरक्षाकर्मी उद्दारमा खटिएको थियो।  

प्रकाशित: १४ मंसिर २०७८ ०८:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App