७ वैशाख २०८१ शुक्रबार
समाज

निर्मल पुर्जाको जीवनीमा आधारित ‘फोर्टिन पिक्स, नथ्थिङ इज इम्पोसिबल’ विश्वव्यापीरुपमा प्रदर्शन

७ महिनामा विश्वका सबै ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने पहिलो नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ)को नेपाली डकुमेन्ट्री ‘फोर्टिन पिक्स: नथिङ इज इम्पोसिबल’ विश्वका ३१ भाषासहित नेटफ्लिक्स (ओटीटी प्लेटफर्म) बाट सोमबार विश्वभर प्रदर्शनमा आएको छ।

विश्वका १४ वटा अग्ला हिमचुचुरामाथि टेक्ने उनको महत्त्वाकांक्षी सातमहिने योजनालाई पछ्याउँदै अमेरिकी र बेलायती फिल्ममेकरद्वारा उक्त डकुमेन्ट्री बनाइएको हो। साहसिक हिमाल आरोही पूर्जालाई पछ्याउँदै अमेरिकी निर्माता टर्किल जोन्स् तथा बेलायती निर्माता जिम्मी चिन र एलिजाबेथ चाइ वासार्हेलीलगायतको टिम यो डकुमेन्ट्रीमा जोडिएका छन्। डकुमेन्ट्री मेकर जिमी र एलिजाबेथ ओस्कार पुरस्कारको स्वाद लिइसकेका हस्ती निर्माता हुन् ।  

नेपाली कथा र पात्रमाथि ओस्कारलगायतका चर्चित पुरस्कारसँग जोडिएका निर्देशक र निर्माता यसअघि नभएको दाबी गर्दै पुर्जाले आफ्नो कथा बोकेको डकुमेन्ट्री ओस्कार फिचर फिल्म विधामा पुरस्कारको प्रतिस्पर्धामा रहेको सुनाए ।

उनले भने, ,यो चलचित्र अब तपाइँको हो, मलाई आशा छ कि यसले तपाइँलाई प्रेरणा दिन्छ, तपाइँको नयाँ लक्ष्यहरू फेला पार्छ र तपाइँलाई ती प्राप्त गर्न मद्दत गर्दछ। महत्त्वपूर्ण रूपमा तपाईंलाई विश्वास गराउँछ कि तपाईं केहि गर्न सक्नुहुन्छ। हामी सबैसँग जीवनमा आरोहण गर्न व्यक्तिगत पहाडहरू छन्। मलाई आशा छ कि यो डकुमेन्ट्रीले तपाईलाई हँसाउनेछ, रुवाउनेछ र तपाईलाई खुसी तुल्याउनेछ। तपाईंको समर्थनको लागि धन्यवाद! यो मेरो लागि सम्पुर्ण संसार हो'  

३८ वर्षअघि धौलागिरि हिमालको फेदीमा जन्मे, हुर्केका म्याग्दीका पुर्जाले २०७६ वैशाख १० मा अन्नपूर्ण हिमालबाट आरोहण थालेका थिए । उनको ‘प्रोजेक्ट पोसिबल’ अभियान ०७६ कात्तिक १२ मा चीनको सिसापाङ्मा हिमाल आरोहण गरेर टुंगिएको थियो । 

बोतल–अक्सिजनको सहायतामा १४ वटा ८ हजार मिटर अग्ला हिमाल आरोहण सात महिनामा कसरी सम्भव भयो रु धेरैपटक झन्डै मृत्युको नजिकबाट अनुभव बटुलेका अनि खर्चको चाँजोपाँजो मिलाउन नसक्दा रोएका पुर्जाबारे बनाइएको वृत्तचित्र विश्वका १ सय ९१ मुलुकका कम्तीमा २१ करोड नेटफिल्क्सका पेड–मेम्बर (सशुल्क सदस्य) माझ प्रदर्शन भएको छ। 

प्रकाशित: १४ मंसिर २०७८ ०६:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App