१६ चैत्र २०८० शुक्रबार
समाज

म्याग्दीमा बोलेरो जिप दुर्घटनाः चार जनाको मृत्यु, चार घाइते

बोलेरो दुर्घटनामा घटनास्थलमै मृत्यु भएकाको शव निकालिँदै। तस्बिरः हरिकृष्ण

म्याग्दीमा बोलेरो जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ। सदरमुकाम बेनीदेखि रघुगंगगा गाउँपालिका–१,बेगखोलाको सिम भन्ने गाउँमा जाँदै गरेको ग१ज ७२ ५१ नम्बरको जिप औलको चिलाउनेखर्क भन्ने ठाउँमा दुर्घटना भएको हो।

दुर्घटनामा स्थानीय वडा सदस्य ३० वर्षीया गौमायाँ विक, सवारी चालक अन्दाजी ३५ वर्षीय दुतबहादुर थापा, खिम पुन र ५६ वर्षीय खिमनाथ शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिए।

‘तत्काल उपचारमा केन्द्रित छौ,‘ प्रनाउ राईले भने,'घटनाको थप अनुसन्धानका लागि टोली खटाउँछौ।’ सोमबार साँझ पौने ५ बजे जीप अनियन्त्रित भई सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको थियो। घटनास्थलमा पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानले चालकले गाडी नियन्त्रणको प्रयास गरेपनि असफल भएपछि सडकबाट खसेको देखिएको जनाएको छ।

सडकबाट ब्रेक फेल भएर खसेको जिपको घटनास्थलबाट दुई र सिकिस्त अवस्थामा उद्धार गरिएका दुई जनाको बेनी अस्पतालमा चिकित्सकले मृत घोषित गरेका थिए। दुर्घटनामा स्थानीय भिम फगामी, बलबहादुर विक, मनोज पुन र ज्ञान बहादुर शेरपुञ्जा घाइते भएको प्रनाउ राईले बताए। घाइतेको टाउको, खुट्टा, ढाड तथा शरीरको बिभिन्न भागमा चोट लागेको छ। सामान्य र जटिल अवस्थामा रहेका घाइतेको थप उपचारका लागि मणिपाल अस्पताल पोखरामा रिफर गरिएको छ।

निलगिरी यातायात प्रालिद्वारा सञ्चालित बोलेरोले ढुवानीको समानसहित यात्रु लिएर गएको थियो। रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले घाइतेको उपचारमा कुनैपनि कमी हुन नदिने बताए। घाइतेको उद्धारका लागि नेपाल रेडक्रस सोसाईटी, स्थानीयवासी तथा प्रहरीको टोली घटनास्थलमा पुगेको थियो।

दुर्घटनामा घाइते भएकाको अवस्था बुझ्न गण्डकी प्रदेशका सांसद विनोद केसी, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना, नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा, उपसभापति कर्णबहादुर भण्डारी, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल, रेडक्रस सोसाईटीका सुरत केसी लगायतको टोली खटिएको थियो।

प्रकाशित: १३ मंसिर २०७८ १५:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App