६ वैशाख २०८१ बिहीबार
समाज

ब्लिङ्क भेन्चर्सद्वारा दुई दिने भर्चुअल महिला नेतृत्व तालिम सम्पन्न

ब्लिङ्क भेन्चर्सले दुई दिने भर्चुअल महिला नेतृत्व सम्मेलन सम्पन्न भएको छ। कार्यस्थलमा महिलाहरुको थप समतामूलक प्रतिनिधित्व प्रवर्द्धन गर्न व्यवहारिक सिकाइहरू उपलब्ध गराउने उद्देश्यले भेन्चर्सले सम्मेलनको आयोजना गरेको हो।

भर्चुअल सम्मेलनको पहिलो दिन व्यक्तित्व विकास र आर्थिक विकास जस्ता विषयहरूमा तालिम प्रदान गरिएको थियो। तालिममा महिला उद्यमीहरूका साथै गैरनाफामूलक संस्था र बैंक लगायत विभिन्न उद्योगका नेतृत्व तहमा कार्यरत ७० भन्दा बढी महिला र वरिष्ठ स्तरका महिला कर्मचारीहरूको सहभागी थियो। 

तालिमको पहिलो दिन नेपाल, भारत र अष्ट्रेलियाका विज्ञहरू सहजकर्ताका रूपमा सहभागी थिए भने दोस्रो दिन बिभिन्न कम्पनीका एक सयभन्दा बढी संस्थापक र वरिष्ठ अधिकारीहरूको पनि सहभागिता रहेको थियो।

सम्मेलनको उद्देश्यलाई समर्थन गर्न आधिकारिक प्रायोजकहरू ह्यात रिजेन्सी काठमाडौं, डिश होम, आकाशस्म्स र कबड्डीका पदाधिकारी पनि सहभागी भएका थिए।

कार्यक्रमको प्रारम्भमा हत्तीहट्टीकी संस्थापक प्रिया सिग्देलले सहभागीहरुलाई नेपालमा काम गर्ने महिलाको प्रतिशतको बारेमा प्रश्न गरेकी थिइन्। सम्मेलनमा सहभागीहरुले बताए अनुसार नेपालमा पुरुषको तुलनामा काम गर्ने महिलाको संख्या धेरै भएपनि वास्तविक रोजगारीको सन्दर्भमा महिलाहरू अझै धेरै पछाडि रहेको तथ्यांकले देखाएको छ। महिला र पुरुषले पाउने तलबमा पनि भारि अन्तर हुने गरेको सहभागीहरुको निष्कर्ष छ।

सो क्रममा द्वारिकाकी अध्यक्ष अम्बिका श्रेष्ठले आफ्नो उद्यमशीलताको यात्रा र कार्यस्थलमा विद्यमान रहेको लैङ्गिक विभेदको विषयमा समानताको आवश्यकता रहेको बताइन्।

सम्मेलनमा ‘के महिलाहरूले यो सबै पाउन सक्छन्? सफल करियर र परिवार?’ विषयक शिर्षकमा उद्यमी जितिन् मुन्सी, नेक्स्ट माइलको संस्थापकद्वारा संचालन गरिएको थियो जसमा लुमन्ती नेपालकी कार्यकारी निर्देशक लजना मानन्धर, कानून व्यवसायी लाजुला मानन्धर र बेसिक रूट कन्सल्टिङकी संस्थापक सोनल बियानीले पनि आफ्नो धारणा व्यक्त गरेका थिए।

पारिवारिक प्रतिबद्धता र पेशागत मागबीचको सन्तुलन कायम गर्ने महिलाहरूको यो कठिन यात्रामा प्रकाश पार्नु नै छलफलको उद्देश्य रहेको थियो। सोही अनुसार सहभागी महिलाहरुले आफ्नो व्यक्तिगत जीवनको विकाससंगै जीवनमा आईपर्ने कठिन परिस्थितिहरूको कसरी सामना गर्ने र कसरी आफ्ना महत्वपूर्ण कुराहरूका लागि समय निकाल्ने भन्ने विषयमा सुझावहरु दिएका थिए।

कार्यक्रममा दराज नेपालका प्रबन्ध निर्देशक लिनो अहलेरिङ, उपया सिटी कार्गो नेपालका प्रबन्ध निर्देशक सुमन रायमाझीले महिला कर्मचारीलाई कार्यस्थलमा सहजता प्रदान गर्नको लागि खुला संवाद र पारदर्शिताको रणनीति बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए। लैङ्गिक समानताका रणनीति कार्यान्वयन गरिरहेका कम्पनीहरुको वित्तीय परिणामहरू सुधार हुँदै जाने जेन्डर लेन्स प्रोजेक्ट युकेले उपलब्ध गराएको तथ्याङ्कले देखाएको छ। यो प्यानललाई अमुदा मिश्राले सञ्चालन गरेकी थिइन्।

त्यसैगरी ‘कार्यस्थलमा लैङ्गिक समावेशिताका लागि उत्कृष्ट अभ्यासहरू’ भन्ने विषमा क्लाइमेट कलेक्टिभका साझेदार जुई जोशीले भारतका वास्तविक जीवनका उदाहरणहरू मार्फत लैङ्गिक समावेशिता कार्यस्थलका लागि लाभदायी हुने बताइन्।

सय जनाभन्दा बढी सहभागीहरू रहेको दुई दिने सम्मेलन, ब्लिङ्क भेन्चर्सका सीईओ थ्रीजा डो ले समापन गरेका थिए। उनले कार्यस्थलमा हुने असमानताको समाधान खोज्नु महत्वपूर्ण भएको बताउँदै महिलाहरूलाई आफ्नो हकको लागि लड्न प्रोत्साहन समेत गरे।

प्रकाशित: १३ मंसिर २०७८ १२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App