८ वैशाख २०८१ शनिबार
समाज

राजधानीमा वृहत महापरित्राण २०७८ हुने

काठमाडौंमा पुस ९ गते बृहत महापरित्राण हुने भएको छ। हिन्दु धर्मावलीहरुको दसैंतिहार जस्तै बौद्ध धर्मावलीहरुको वृहत मेलालाई महापरित्राण भनिन्छ। यस अवसरमा २५ जना भिक्षुहरुले सामूहिक यज्ञ गर्नेछन्।

बुद्ध शान्त पार्क निर्माण समिति ताहाचल १३ काठमाडौंको आयोजनामा महापरित्राण हुन लागेको हो। यसको तयारीका लागि काठमाडौंमा गरिएको कार्यक्रममा यसबारे जानकारी गराइएको हो। काठमाडौं महानगरपालिका, मखन वडा नं २४ काठमाडौं, केशचन्द्र पारवर्त महाविहार, इतुम्बहाल टोल सुधार समिति, महादेव मखन क्लव र नेवा पुचः चितवनलगायतले यसका लागि सहयोग गर्ने जनाइएको छ।

कार्यक्रमको मुख्य विशेषता दान रहेको जनाइएको छ। कार्यक्रममा सहभागी बौद्ध धर्मावलम्वीहरुले आआफ्नो दक्ष अनुसार दान कर्म गर्ने जनाइएको छ।

बुद्ध शान्त पार्क निर्माण समिति व्यवस्थापन समितिका अध्यक्ष शान्तबहादुर शाक्यले कार्यक्रम विहान ९ बजेबाट सुरु हुने जनाए। समितिका उपाध्यक्ष सुन्दरमान श्रेष्ठले कार्यक्रममा देशभरबाट दसौं हजार बौद्ध धर्मावलम्वीहरुको उपस्थिति हुने जनाए।

प्रकाशित: १३ मंसिर २०७८ १०:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App