coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

आमाको कुटाइबाट छोराको मृत्यु

आमाले कुटपिट गर्दा मोरङको कटहरीमा छोराको मृत्यु भएको छ। कटहरी गाउँपालिका–५ का ३५ वर्षीय राजेन्द्रप्रसाद उराउको आफ्नै आमाले कुटपिट गर्दा घाइते भई उपचारका क्रममा आइतबार राति मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

मादक पदार्थ सेवन गरी आएका राजेन्द्रले गत शनिबार राति घरमा पारिवारिक कुरालाई लिएर झैझगडा गर्न थालेपछि घटना भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए। उनका अनुसार झगडा गर्न थालेपछि राजेन्द्रलाई ५५ वर्षीय आमा बातियो उराउले लठ्टीले कुटपिटको प्रारम्भिक अनुसन्धानबाट खुलको छ।

कुटपिटबाट घाइते भएका राजेन्द्रलाई विराटनगरस्थित कोसी अस्पतालमा उपचारका लागि शनिबार राति नै भर्ना गरिएको थियो। कोसी अस्पतालमा उपचारपछि राजेन्द्रलाई परिवारका सदस्यले घर लगे।

प्रहरीलाई घटनाका बारेमा ढिलो गरी जानकारी आएपछि घटनास्थलमा पुगेर आइतबार राति पुनः राजेन्द्रलाई प्रहरी टोलीले उपचारका लागि नोबेल शिक्षण अस्पताल लग्यो।

नोबेलमा उपचारकै क्रममा आइतबार राति सवा १० बजेतिर मृत्यु भएको डिएसपी श्रेष्ठले बताए। कुटपिट गर्ने आमालाई पक्राउ गरी घटनाको थप अनुसन्धान थालेको जानकारी दिए।

प्रकाशित: १३ मंसिर २०७८ ०९:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App