६ वैशाख २०८१ बिहीबार
समाज

छोराछोरीसहित आमा झुण्डिएको अवस्थामा मृत भेटिए

सर्लाहीको बरहथवा नगरपालिका–१ नयाँ बजार टोलमा दुई सन्तानसहित एक महिला आफ्नै घरभित्र मृत भेटिएकी छन्। शिव हजारीकी २६ वर्षीया पत्नी कविता हजारी पासवान घरभित्रै पँखामा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। उनकै ८ वर्षीया छोरी सलोनी, ५ वर्षीय छोरा स्वागत पासवान समेत झुण्डिएको अवस्थामा फेला परेको घटनास्थल पुगेका इन्सपेक्टर नरेन्द्र मरबैताले जानकारी दिए।

'तीनै जना पँखामा झुण्डिएको अवस्थामा मृत फेला परेको छ,' मरबैताले भने,‘तीनै जनाको शव परीक्षणका लागि मलंगवा अस्पतालमा राखिएको छ।’

मृतक महिलाका श्रीमान शिव विगत चार वर्षदेखि वैदेशिक रोजगारीमा छन्। विदेशमा भएका श्रीमानसँग फोनमै वादविवाद भैरहन्थ्यो, छिमेकीको भनाई उद्धृत गर्दै उनले भने। तीनै जनाको मृत्युबारे अनुसन्धान भइरहेको सर्लाही प्रहरी प्रवक्ता माधवप्रसाद बुढाथोकीले बताए।

प्रकाशित: १२ मंसिर २०७८ ०९:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App