६ वैशाख २०८१ बिहीबार
समाज

टिपरको ठक्करबाट भक्तपुरमा एकजनाको मृत्यु

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको आदर्श वस स्टपमा शनिबार भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।

सूर्यविनायक नगरपालिका वडा नं. ८ आदर्श प्राईम बैंक अगाडि टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक धनकुटा राजारानी घर भई हाल ललितपुर कुसुन्ती बस्ने वर्ष २४ को अशिम लिम्बुको मृत्यु भएको हो।

अरनिको राजमार्ग अन्तर्गत जगातीबाट सूर्यविनायकतर्फ जाँदै गरेको बा. ३ ख. ५४२३ नं को टिपरले विपरित दिशातर्फबाट आउदै गरेको बा. ५७ प. ३११३ नं को स्कुटीलाई ठक्कर दिँदा स्कुटर चालक अशिमको मृत्यु भएको हो। स्कुटर पछाडि वस्ने ललितपुर पाटन बस्ने वर्ष २६ को सन्दिप महर्जन गम्भीर घाइते भएका छन्।

घाइतेलाई डा. ईवामुरा अस्पताल सल्लाघारी पठाइएको स्कुटी पछाडि सवार घाइतेलाई थप उपचारका लागी बि.एण्ड बि. अस्पताल रिफर गरिएको जनाइएको छ।

दुर्घटित दुवै सवारी साधन र टिपर चालक दाङ घोराही २ रामपुर घर भई हाल काठमाडौ माछापोखरी बस्ने वर्ष ३१ को किरण योगीलाई राधेराधेबाट नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त जगातीमा राखी थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।

प्रकाशित: ११ मंसिर २०७८ ०८:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App