१५ चैत्र २०८० बिहीबार
समाज

विद्यालयको भर्‍याङमाथि वाइफाइ चलाउन चढेकाे एक छात्रकाे लडेर मृत्यु

महोत्तरीको रामगोपालपुर नगरपालिका–१ स्थित बसबिट्टी माध्यमिक विद्यालयमा अध्ययरत एकछात्रको लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा बलवा नगरपालिका–१ का १८ वर्षीय सन्दीप महतो रहेका प्रहरीले जनाएको छ।

विद्यालयको भर्‍याङमाथि मोबाइलमा वाइफाइ चलाउन चढेका उनी लडेर घाइते भएका र उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।

गम्भीर घाइते महतोलाई उपचारको लागि जनकपुरस्थित काव्या अस्पतालमा लगिएको त्यहाँ सुधारोन्मुख नभएपछि थप उपचारको लागि सिरहाको कर्जनहामा अवस्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा लगिएको थियो। सोही अस्पतालमा उपचारकै क्रममा गए राति उनीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १० मंसिर २०७८ ०६:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App