६ वैशाख २०८१ बिहीबार
समाज

मौलापुर नगरपालिकाद्वारा एफएम संचालन

रौतहटमा मौलापुर सामुदायिक एफएमले नियमित प्रसारण सुरु गरेको छ। मौलापुर नगरपालिकाले सामुदायिक एफएम संचालनमा ल्याएको हो।

नगर प्रमुख रिनाकुमारी साहले विधिवत रुपमा एफएमको उद्घाटन गरेपछि एफएमले नियमित प्रसारण सुरु गरेको छ। परीक्षण प्रसारण सफल भएपछि नियमित प्रसारण सुरु गरिएको एफएमले जनाएको छ। मौलापुर नगरपालिका ५ स्थित मौलापुर बजारमा मौलापुर सामुदायिक एफएमले नियमित प्रसारण सुरु गरेपछि कृषि, शिक्षा र स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमलाई रेडियोले प्राथमिकता दिनुपर्ने मेयर साहले बताएकी छन्।

समाजमा नकारात्मक असर पार्ने गीतहरु नबजाउन निर्देशनसमेत दिँदै मेयर साहले रेडियो सबै नागरिकको साझा आवाज बोल्ने थलोको रुपमा विकास गर्न आग्रह गरेकी छन्।

रेडियोको नियमित संचालन गर्दै नगर उपप्रमुख गौरीशंकर साह, प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह, एफएमका उपाध्यक्ष अमर साहलगायतले रेडियोमा नमुना कार्यक्रमहरु संचालन गरिने बताउँदै आगामी दिनमा मौलापुर टेलिभिजन पनि संचालनमा ल्याउने योजना रहेको बताएका छन्।

मौलापुर नगरपालिकाले गत चार वर्षमा चार वटा माध्यमिक विद्यालयको लागि जग्गासमेत किनेर भवन निर्माण गरी संचालनमा ल्याएको, नपाको लगानीमा प्राविधिक विद्यालय स्थापना भई संचालनमा आउनुका साथै दलित बस्तीको निर्माण भई हस्तान्तरण भइसकेको जस्ता विभिन्न नमूना कामहरु भएका छन्।

प्रकाशित: ८ मंसिर २०७८ १२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App