coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आगलागीमा तीन बालकको मृत्यु

जिल्लाको हेलम्बु गाउँपालिका–७ सुर्सिङको एक गोठमा आगालागी हुँदा जलेर तीन बालकको मृत्यु भएको छ। स्थानीय सञ्च तामाङको गोठमा आगालागी हुँदा उनका छोरासहितका बालकको जलेर ज्यान गएको प्रहरीले जनाएको छ।  

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी दक्षकुमार बस्नेतका अनुसार सञ्चका ६ वर्षीय छोरा मनोज तामाङ, छिमेकी सुकुमान तामाङका पाँच वर्षीय छोरा मनिष तामाङ र साइला तामाङका पाँच वर्षीय छोरा दिलबहादुर तामाङको आगालागीमा जलेर मृत्यु भएको हो। सोमबार राति सात बजेतिर गोठमा आगालागी हुँदा बालकत्रय त्यहाँ खेलिरहेका थिए।

ढुंगामाटोले बनेर टिनको छाना छाइएको गोठमा पराल राखिएको थियो। गोठधनीले त्यहाँ आगोसमेत बाल्ने गरेको पाइएको प्रहरीले जनाएको छ। ‘गोठमा खेलिरहेका बालकले ननिभिसकेको आगो चलाउँदा आगालागी भएको अनुमान छ,’ डिएसपी बस्नेतले भने। प्रहरी र स्थानीयले डेढ घण्टा लगाएर आगो नियन्त्रणमा लिएका थिए।

प्रकाशित: ७ मंसिर २०७८ १४:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App