७ वैशाख २०८१ शुक्रबार
समाज

भक्तपुरको ताथलीमा भेटियो कंकाल

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा मानवको जस्तो देखिने कंकाल फेला परेको छ। प्रहरीले ताथलीस्थित ठूलोपाखा सामुदायिक वनमा मानवको जस्तो देखिने कंकाल फेला परेको जनाएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार वनभित्र रहेको ३ फिट गोलाइ भएको लप्सीको फेद नजिकै ५ फिट ६ इन्चको मानव कंकाल फेला परेको हो।

घटनास्थलसहितको लास जाँजको क्रममा लप्सीको रुखको हाँगामा जुटको डोरीको पासो चुँडिएको अवस्थामा रहेको फेला परेको प्रहरीले जनाएको छ। लासको पोष्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ७ मंसिर २०७८ १३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App