८ वैशाख २०८१ शनिबार
समाज

अदालतले कैद सजाय तोकेको ४२ जना एकैदिन पक्राउ

अदालतले कैद सजाय तोकेका ४२ जनालाई मंगलबार जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ।

फरार प्रतिवादी पक्राउकै शिलशिलामा डाका मुद्धामा ६ वर्ष कैद र ९९ हजार जरिवाना तोकिएका इनरुवा वडा नं. ७ (तत्कालिन चाँदवेला वडा नं. १) का अजित मियाँलाई  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। पक्राउ परेका मियाँ लगायतका तीन जनाको समूहले २०६८ सालमा रामधुनी वडा नं. ५ निवासी जैयस कुमार साहको घरमा डाँका गरेका थिए।

जिल्ला अदालत सुनसरीको २०७५ असार ११ गतेको फैसलाबाट उक्त घटनामा संलग्न तीनैजनालाई जनही ६ वर्ष कैद तथा ९९ हजार जरिवाना फैसला भएको थियो। यसरी फरार प्रतिवादी पक्राउ अभियान नै संचालन गरी कार्य गर्दै आईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले मंगलबार एकै दिन ४२ जनासहित चार महिना पाँच सय ६५ जना फरार प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालतमा पेश गरेपछि कारागार चलान भएका छन्।

चार महिनायता फरार प्रतिवादीलाई पक्राउ गरी एक सय १९ वर्ष ८ महिना ८ दिन  कैद र २६ लाख ७२ हजार ९०६ जरिवाना असुल भएको जिल्ला प्रहरी कार्यालयको प्रेस नोटमा उल्लेख छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले ‘अपराध गरेपछि उन्मुक्ति पाउन सकिँदैन, जति भागे पनि जति लुकेपनि कानुनको नजरमा लुक्न सकिँदैन, उसको नाममा कायम भएको अभिलेख मेटिदैन’ भन्ने सन्देशसहित फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन गरि रहेको छ।

प्रकाशित: ७ मंसिर २०७८ १२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App