७ वैशाख २०८१ शुक्रबार
समाज

बलात्कारपछि हत्या गरेको आरोपमा दुई पक्राउ

महोत्तरीकी एक दलित महिलालाई सामुहिक बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरी, भंगहा नगरपालिका ५ सीतापुरका २४ वर्षीय विपिन मण्डल र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ पर्सा पकडियाका ४२ वर्षीय मनोज यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी दिनेश आचार्यले बताए।

३५ वर्षीया अमृता सदालाई मण्डल र यादवले रातभरि बलात्कार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। फरार आरोपी विपिनलाई उनकै गाउँबाट प्रहरीले पक्राउ गरेको छ भने मनोजलाई सिरहाको मिर्चैया नगरपालिका ५ पक्राउ गरिएको हो। उनीहरुमाथि जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको एसपी आचार्यले बताए।

गत असोज १३ गते झण्डा मेला हेर्न लगेर उनीहरुले अमृतामाथि रातभरि जबर्जस्ती करणी गरेको एसपी आचार्यले बताए। अमृताको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको थियो। दुई वर्षअघि अमृता र मनोजबीच चिनजान भएको थियो। मनोजले आफ्ना साथी विपिनसँग मिलेर राति मोटरसाइकलमा लगेर करणी पश्चात हत्या गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: २ मंसिर २०७८ १५:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App