coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रोल्पामा बस दुर्घटना, ४ जनाको मृत्यु

दाङबाट रोल्पाको थवाङ जादै गरेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। बस माडी गाउँपालिका २ घर्तीगाँउ नजिकै सडकबाट करिब १ सय फिट तल खसेको प्रहरीले बताएको छ। ना ३ ख ५५१८ नम्बरको बस बिहीबार बेलुका दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालयका रोल्पाका प्रहरी निरिक्षक सन्तोष केसिका अनुसार दुर्घटनामा परि १७ घाइते भएका छन्। घाइतेको घर्तीगाँउका स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। अहिले स्थानीय र प्रहरीले घाइतेहरुको उद्धार गरिरहका छन्।

रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीले २ जनाको शब निकालेको र दुई जनाको शव बसले च्यापेका कारण निकाल्न नसकिएको बताए। उनका अनुसार शव निकाल्नका लागि स्काभेटर घटनास्थल पुग्दै छ। प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन।

प्रकाशित: २ मंसिर २०७८ १३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App