१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

नगरपालिकामा विपद् सिकाइ केन्द्र स्थापना

विपद् सिकाइ केन्द्रमा छलफल गर्दै जिल्ला समन्वय प्रमुख सिद्धराज भट्ट, र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत। तस्बिरः नागरिक

दशरथचन्द नगरपालिकामा विपद् सिकाइ केन्द्र स्थापना गरिएको छ। विपद् जोखिम व्यवस्थापन सम्बन्धी ज्ञान, सीप अभिवृद्धि गर्ने उद्देश्यसहित विपद् जोखिम न्यूनीकरण सिकाई केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको छ।

नेपाल रेडक्रसबाट यूनिसेफ नेपालको सहयोगमा सञ्चालित बाल केन्द्र विपद् जोखिमन्यूनीकरण कार्यक्रमको सहयोगमा विपद् सिकाइ केन्द्र स्थापना गरिएको हो। सिकाइ केन्द्रमा विपद् व्यवस्थापन सम्बन्धी विभिन्नअध्ययन सामाग्री, नगरपालिकाले निर्माण गरेका विपद व्यवस्थापन सम्बन्धी ऐन नियम निर्देशिकाहरु,श्रव्यदृश्य सामाग्री तथा उद्धार सामग्रीहरु तीनको प्रयोग गर्ने तरिकासहितका सामाग्री संग्रह गरि राखिएको नगरपालिकाका प्रमुख प्रशासकीयअधिकृत गणेशसिंह ऐरीले बताए। जिल्ला सदरमुकामको केन्द्रमा रहेको नगरपालिका भएकाले अन्य ठाउँबाट भ्रमणमा आउने बाल क्लव सदस्यलगायतको लागि विपद् व्यवस्थापन बारे सिक्ने अवसर हुने उनले जानकारी दिए।

सिकाई केन्द्र स्थापना गरेर नगरपालिकाले प्रदेशमै नमूना कार्य गरेको र यसबाट नगरपालिकामा विपद् व्यवस्थापनका लागि सहज हुने नगर प्रमुख नरेन्द्रसिंह थापाले बताए। विपद् सिकाइ केन्द्र स्थापना विपद् व्यवस्थापनका लागि हाललाई सानो प्रयास भएको र यसलाई विस्तार गर्दै लगिने उनले जानकारी दिए।

विपद् जोखिम न्यूनीकरणका लागि प्राथमिक कुरा चेतना, ज्ञान र सीप नै भएकाले सिकाइ केन्द्रबाट स्थानीयले विपद् व्यवस्थापनबारे जानकारी लिन सक्ने नगरपालिकाका विपद् व्यवस्थापन फोकल पर्सन बिनोद बहादुर चन्दले बताए। सिकाइ केन्द्रको सञ्चालन र यसको महत्वबारे जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी लगायतलाई अभिमुखीकरण पनि गरिएको रेडक्रस बैतडीका कार्यक्रमअधिकृत तेज पाण्डेले जानकारी दिए। सिकाई केन्द्रमा आगो नियन्त्रण गर्ने सिलिण्डर, चेनपुल्ली, प्राथमिक उपचार बक्स, स्ट्रेचर जस्ता उद्धार कार्यमा प्रयोग हुने सामग्रीसँगै दराज, बुक र्‍याक, टेबल, कुर्सी, टेलिभिजन, कम्प्युटर आदि राखिएका छन्।

प्रकाशित: १ मंसिर २०७८ ०७:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App