coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

विप्लव कार्यकर्ताले बसमा ढुंगा हान्दा एक घाईते, २४ जना प्रहरी नियन्त्रणमा

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पेट्रोलिय पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ताको माग गर्दै गरेको नेपाल बन्दमा हिँडेकाे भन्दै कपिलवस्तुको शिवराज नगरपालिका– १ बनकसबासा जंगल नजिकै ढुंगाले हान्दा बसमा सवार एक व्यक्ति घाईते भएका छन्। 

बिराटनगरबाट दाङ तुल्सिपुर जाँदै गरेको ना ५ ख ४९८९ नम्बरको बसलाई ३ जनाको संख्याा रहेको विप्लवका कार्यकर्ताहरुले बसमा ढुंगा हान्दा उदयपुर गाईघाट नगरपालिका २ का ३२ वर्षीय लक्ष्मण परियार घाइते भएको प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बताए। 

परियारको ढाडमा सिसाले काटेको उनले बताए। उनको चन्द्रौटा हस्पिटलमा उपचार गरिएको थियो।  बसको अगाडिको सिसा फुटेका र स्कटिङ गरी पश्चिमतर्फ लगिएको उनले बताए। बन्द गराई हिडने नेत्रबिक्रम चन्द विप्लवका २४ जना कार्यकर्ता पक्राउ परेको प्रहरी उपरीक्षक कार्कीले बताए। 

विप्लव कपिलवस्तु जिल्ला सचिव कमल के.सी, बाणगंगा नगर समिति सचिव शेरमान थारुसहित २४ जना पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय पिपराले बिहान ९ जना, ईप्रका चन्द्रौटाले १२ जना, ईप्रका गोरुसिंगेले एक जना, जिल्ला प्रहरी कार्यालयमा २ जना नियन्त्रणमा लिईएको उनले बताए। बन्दको प्रभाव जिल्लाको उत्तरी भेमगा बढी परेको थियो।

प्रकाशित: ३० कार्तिक २०७८ ११:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App