४ वैशाख २०८१ मंगलबार
समाज

धरान र इटहरीमा पसल बन्द गराउँदै हिँड्ने विप्लव कार्यकर्ता पक्राउ

विप्लव नेतृत्वको नेकपाको बन्द आह्वानमा धरानको भानुचोक क्षेत्र। तस्बिर: रोहत/नागरिक

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्द उल्लंघन गरेको भन्दै गाडीमा ढुंगा हान्ने तथा जर्बजस्ती पसल बन्द गराउदै हिड्ने २२ जना कार्यकर्ताहरु सुनसरीबाट पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरानबाट २ जना र इटहरीबाट २० जना विप्लवका कार्यकर्ताहरु पक्राउ परेका हुन्। जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी नरेन्द्र कार्कीका अनुसार धरानमा भारतीय कारलाई ढंगा प्रहार गरि शिशा तोडेका २ जना पक्राउ परेका हुन्।

धरान ८ स्थित साम्पाङ चोकदेखि भित्रि सडकखण्डमा भारतीय कारलाई ढुंगा प्रहार गर्ने २ जना समातिएका हुन्। प्रहरीले उनीहरुको नाम खुलाएको छैन। प्रहरीले उनीहरु विप्लव कार्यकर्ता हुन कि अराजक समुह भनेर अनुसन्धान गरिरहेको जनाएको छ।

डिएसपी कार्कीले इटहरीमा जर्बजस्ती बजार बन्द हराउदै हिडेका २० जना पक्राउ गरिएको जानकारी दिए। ‘धरानमा भारतीय कारमा ढुंगा हान्ने २ जना पक्राउ परेका छन्। इटहरीमा जर्बजस्ती पसल बन्द गराउदै हिडेका २० जना समातिएका छन्, अनुसन्धान हुदैछ,’डिएसपी कार्कीले भने।  

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा अस्वभाविक मुल्य वृद्धि गरेको, राज्यको सबै क्षेत्रमा व्यापक भ्रष्टचार भएकोलगायतको विरोध गर्दै आज (मंगलबार) नेपाल बन्द आह्वान गरेको छ। बन्द आह्वानले धरानलगायत देशभर प्रभाव परेको छ। बन्दको कारण लामो दुरीको यातायात, बजार र शैक्षिक संस्थासमेत बन्द भएको छ।

प्रकाशित: ३० कार्तिक २०७८ १०:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App