७ वैशाख २०८१ शुक्रबार
समाज

रोल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु

आइतबार विहान पश्चिम् रोल्पामा जिप दुर्घटना हुदा तीन यात्रुको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।

रोल्पा प्रहरीका अनुसार विहान ११ बजेतिर र्घर्तीगाउ नजिकैको सडकबाट जिप करिब ३ सय मिटर मुनि खसेको थियो। माडी गाउपालिका ६ हान्निङबाट  र्घर्तीगाउतिर जादै गरेको रा १ ज ३८२ नम्बरको जिप दुर्घटनामा परेको हो।

रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीका अनुसार मृत्यु हुनेमा स्थानीय ५३ वर्षीय टेक बहादुर पुन, चालक ५१ वर्षीय रुद्र घर्ती र ४७ वर्षीया चौसरा बिक रहेका छन्। गम्भीर घाइते हुनेमा बिना घर्तिमगर, लिला  पुनमगर र पन्चना बिकको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ सुवेदीले बताए।

प्रकाशित: २८ कार्तिक २०७८ ०८:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App