७ वैशाख २०८१ शुक्रबार
समाज

सडक अलपत्र पारेको आक्रोशः बसमा मन्त्री, सचिव र महानिर्देशकको फोटो टाँसियो

जिल्ला जोड्ने प्रमुख 'लाईफलाईन' चरिकोट-मुडे सडक निर्माण अलपत्र पारेको बिरोधमा स्थानीयले संघीय सरकारका मन्त्री, सचिव र सडक विभागका महानिर्देशककै फोटो गाडीमा टाँसेर बिरोध जनाएका छन्।

मुडे-चरिकोट खण्ड विस्तारको जिम्मा पाएको शंकरमाली निर्माण सेवाले ६ वर्ष यता सडक अलपत्र पारिरहेपनि सरकारी तवरबाट बेवास्ता गरिएको बिराेधमा दोलखाका स्थानीयले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव, मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुनजंग थापाको फोटो संगै बिरोध लेखेर सवारी साधनमा टाँसेका हुन्।

उनीहरुले फोटो संगै 'सरकार दोलखावासीको बिचल्ली कहिलेसम्म टुलुटुलु हेर्छस' जस्ता वाक्यहरु लेखेर आक्रोश पोखेका छन्।

भारतीय एक्जिम बैंकको लगानीमा विस्तार कार्य भईरहेको लामोसाँघु-जिरी सडक अन्तर्गतको यो खण्ड ठेकेदारले काम नगरेका कारण ६ वर्ष यता अलपत्र छ। यस समेत स्थानीयले पटक पटक आन्दोलन गर्दै आएका थिए।

यो सडकमा कामको जिम्मेवारी पाएका ठेकेदारसंग जिल्लाका सांसद र नेताको मिलेमतो रहेको आरोप समेत लाग्दै आएको छ।

प्रकाशित: २७ कार्तिक २०७८ ०७:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App