४ वैशाख २०८१ मंगलबार
समाज

उत्कृष्ट निर्यातकर्ताहरु सम्मानित

भक्तपुरका उत्कृष्ट पाँच वटा निर्यातकर्ताहरु सम्माानित भएका छन्। भारततर्फ श्री सिद्धि गणेश तरकारी तथा प्रशोधन प्रथम र रिजन एण्ड सुजन पस्मिना दोश्रो भई सम्मानित भएका हुन्। यस्तै तेश्रो मुलुकतर्फ श्री हिमालयन निटवेयर प्रालि प्रथम, श्री नेपाल ह्याण्ड निट दोश्रो र श्री प्रधानांग एपेरियल्स तेश्रो भई सम्मानित भएका हुन्।

भक्तपुर उद्योग वाणिज्य संघको शुक्रबार भक्तपुरमा भएको ३४ औं वार्षिक साधारणसभा तथा अधिवेशन उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष ढकालले उनीहरुलाई सम्मान गरेको हो।

यसअघि भक्तपुर उद्योग वाणिज्य संघको ३४ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उपाध्यक्ष ढकालले उद्योग वाणिज्यको विकासका लागि व्यवसायीहरु एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए। कार्यक्रममा संघद्वारा प्रकाशित स्मारिकाको पनि विमोचन गरिएको थियो।

कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष शिवप्रसाद मानन्धरलगायतले संघले गरेको विविध गतिविधिहरुबारे चर्चा गरे। कार्यक्रममा प्रमुख अतिथिलगायत अतिथिहरुलाई मायाको चिनो पनि वितरण गरिएको थियो।

संघको अधिवेशनले नयाँं नेतृत्व पनि चयन गर्नेछ। संघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ। यस अनुसार अवको संघको नेतृत्व वरिष्ठ उपाध्यक्ष शिवप्रसाद मानन्धरले गर्नेछन्। बाँंकी पदाधिकारीहरुका लागि भने दुई वटा पदबाहेकमा सर्वसम्मत रुपमा सहमति भइसकेको जनाइएको छ। वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष साधारणका लागि भोलि (शनिबार) संघको कार्यालय व्यासीमै निर्वाचन हुने जनाइएको छ।

प्रकाशित: २६ कार्तिक २०७८ १२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App