coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

९५ डिएसपी सरुवा

नेपाल प्रहरीका ९५ जना प्रहरी नायब उपरीक्षक(डिएसपी)को सरूवा भएको छ।बिहीबार प्रहरी प्रधान कार्यालयले एक सूचना प्रकाशित गर्दै ९५ जना डिएसपीको सरुवा गरेको जानकारी गराएको थियो।

बालाजु,थानकोट,कालीमाटी र बागमती प्रदेश प्रहरी कार्यालयलगायतका डिएसपीहरूको सरुवा भएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीको निर्णय अनुसार मंसिर महिनाको तलबभत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउनेगरी सरुवा गरिएको कार्यालयले जनाएको थियो।

केन्द्रीय अनुसन्धान ब्युरोका अनिल घिमिरे महानगरीय प्रहरी वृत्त कालिमाटी, प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालका कृष्णराज ओझाको केन्द्रीय अनुसन्धान ब्युरो पिलर २ आर्थिक अपराध अनुसन्धान शाखा,वालाजु वृत्तमा गौतम मिश्र,थानकोटमा डिल्लीनारायण पाण्डे,सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल,डोटीका अंगुर जिसीको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा मकवानपुर अन्वेषण योजना शाखा र नगर प्रहरीमा कौशल बुढाथोकी सरूवा भएर आएका छन्। 

महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी अपिलराज बोहराको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालय महाराजगन्ज,अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय प्रहरी महाशाखा,टंगालका अनन्तराम शर्माको सिंहदरबार सुरक्षा गण,बागमती प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय हेटौंडा मकवानपुर उद्धवसिंह भाटको प्रहरी प्रधान कार्यालय युएन जगेडा नक्सालमा सरुवा भएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, पिलर ४ अपहरण, गुण्डागर्दी,जालसाजी र ठगी शाखाका निशान थापाको जिल्ला प्रहरी कार्यालय, तेह्रथुम,प्रहरी प्रधान कार्यालयका प्रेमबहादुर शाहीको जिल्ला प्रहरीलकार्यालय,पश्चिम नवलपरासी,काठमाडौं उपत्यका प्रहरी कन्ट्रोलदरुमका नरेन्द्र चन्द जिल्ला प्रहरी कार्यालय,जुम्ला,केन्द्रीय अनुसन्धान ब्युरो पिलर अनुसन्धान तथा कारबाही शाखाका देवेन्द्रबहादुर पालको जिल्ला प्रहरी कार्यालय,डडेल्धुरा,अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका वसन्त पाठकको जिल्ला प्रहरी कार्यालय झापा र केन्द्रीय अनुसन्धान ब्युरो पिलर ३ ठगी,किर्ते,बाल यौन दुराचार, मुद्रा अपचलन, पुरात्तात्विक अपराध अनुसन्धान शाखाका सिद्धराज न्यौपानेको जिल्ला प्रहरी कार्यालय कालिकोटमा सरुवा भएको छ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय दैलेखका अनुपम श्रेष्ठको प्रधान कार्यालय अपराध अनुसन्धान विभाग,इलाका प्रहरी कार्यालय, इटहरीका अर्जुन केसीको काभ्रेस्थित मानवस्रोत व्यवस्थापन शाखा,जिल्ला प्रहरी कार्यालय डोटीका इन्द्रबहादुर मल्लको नेपाल प्रहरी विशेष सुरक्षा गण,सुर्खेत, नगर प्रहरी कार्यालय,काठमाडौंकी कोमल शाह प्रधानमन्त्री विशेष सुरक्षा इकाइ कार्यालय,प्रहरी प्रधान कार्यालय युएन जगेडा नक्सालका नवरत्न पौडेलको जिल्ला प्रहरी कार्यालय रूपन्देही र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय प्रहरी महाशाखा, टंगालका मोहनकुमार थापा प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा सरूवा भएको छ। 

प्रधानमन्त्री विशेष सुरक्षा एकाइ,बालुवाटारका राजन लिम्बु प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय नक्साल,नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणका रामहरि पाण्डे राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय,सशस्त्र प्रहरी गण नं. १ नक्सालका युवराज खड्का जिल्ला प्रहरी कार्यालय तनहुँ,अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, काठमाडौंकी शर्मिला गुरुङ इलाका प्रहरी कार्यालय नवलपुर,पूर्वी नवलपरासी,२ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर प्रहरी नायब महानिरीक्षकको सचिवालयका विश्वराज अधिकारी प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभाग कल्याण महाशाखा नक्साल र नेपाल प्रहरी विशेष सुरक्षा गण,सुर्खेतका सुरज कार्की जिल्ला प्रहरी कार्यालय, धनकुटामा सरुवा भएको छ।

प्रकाशित: २६ कार्तिक २०७८ ०२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App